नेतृ बबि यादवले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद, पेस्तोल नक्कली, अनुसन्धान गर्दै प्रहरी
नेतृ यादवले भारत विहारको एक विवाह समारोहमा नक्कली पेस्तोल पड्काएको दावी गरेकी थिइन् । तर प्रहरीले अनुसन्धान गर्दा उनी बयान फेरेको बुझिएको छ । उनको वयानकै आधारमा सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर २ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।

२०८२ बैशाख १८ बिहीबार, दिउँसो ३:५१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । अहिले समाजिक सँजालमा चर्चामा रहेको जसपा नेपालकी नेतृ बबि सिँह यादवको पेस्तोल प्रकरणमा प्रहरीले नक्कली पेस्तोल रहेको बताएको छ ।
जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य समेत रहेकी डा. बबी सिंह यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको छ । यसअघि उनले आफन्तको बिहेमा बिहारको सितामढीमा नक्कली पेस्तोल पडकाएको फेसबुकमा लेखेकी थिइन् ।
पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि नेतृ यादवमाथि सप्तरी प्रहरीले अनुसन्धान थालेको हो । उनले पड्काएको पेस्तोल भने सर्लाहीमा बरामद भएको छ ।
नेतृ यादवले भारत विहारको एक विवाह समारोहमा नक्कली पेस्तोल पड्काएको दावी गरेकी थिइन् । तर प्रहरीले अनुसन्धान गर्दा उनी बयान फेरेको बुझिएको छ । उनको वयानकै आधारमा सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर २ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
नेतृ बबीसँग सोधपुछ सप्तरी प्रहरीले घटनाबारे सर्लाही प्रहरीलाई जानकारी गराएको थियो । त्यसपछि अञ्जनी कुमारको घर खानतलासी गर्दा उक्त पेस्तोल भेटिएको डीएसपी सरोज राईले बताए ।
नेतृ सिंहले उक्त पेस्तोल मलंगवा नगरपालिका वडा नम्बर ५ को भाँड्चौर भन्ने ठाउँमा पड्काएको खुलेको हो ।
सर्लाहीका डीएसपी राईका अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको खुलेको हो ।
बरामद पेस्तोल भने बारुद मात्रै पड्किने किसिमको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । सो पेस्तोल दाबी गरिए अनुसार नक्कली नै देखिएको डिएसपी राईले बताए ।
उनले भने, “पेस्तोल बरामद भएको छ । तर, सक्कली नक्कली हामीले भन्न मिल्दैन, जाँचको लागि पठाएका छौँ, भेरिफाई गरेपछि मात्र अधिकारिक भन्न मिल्छ । अहिले व्यवहारिक रुपमा हेर्दा नक्कली नै रहेको छ । सक्कली पेस्तोल चैँ देखिएको छैन् । तर, आफू अधिकारिक नभएको कारण जाँचको रिपोर्टपछि मात्र भन्न मिल्नेछ ।”
नेतृ यादवले पडकाएको पेस्तोललाई लिएर समाजिक सँजालमा चर्चा छ । पेस्तोललाई नक्कली साबित गर्न प्रहरीले दबाब खेप्नुपरेको टिकाटिप्पणी समेत गरिएको छ । नेतृ यादवले आफैँ दिएको दुई प्रकारको बयानले शंका उब्जेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…