लोक नायक सल्हेशको इतिहासमाथि जनमतको प्रहार, सल्हेश फूलबारीमा अम्बेडकर पार्क बनाउँदै
फुलबारीमा प्रत्येक वर्ष वैशाख १ गते राजा सल्हेशकै प्रेम प्रतिक स्वरुप एउटा रुखमा फुल फुल्छ। सदियौ देखिको ईतिहास फुलबारी धार्मिक संस्कृतिक दुसाध (पासवान) को कुल देवता भएको ठाउँमा अम्बेडकर नामक पार्क बनाउनु धार्मिक आस्था मास्नु रहेको भन्दै चौतर्फी विरोध जनाएको छ ।

२०८२ बैशाख १५ सोमबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । ऐतिहासिक एवम् प्रसिद्ध धार्मिक पर्यटकीय स्थल सिरहाको सल्हेश फूलबारीमा अम्बेडकर पार्कको सिलान्यास गरेपछि चौतर्फी विरोध भएको छ ।
दुसाद समुदायको कुल देवता समेत रहेका राजा सल्हेशको ईतिहासलाई मेटाएर फुलबारीमा अम्बेडर पार्क बनाउन लागेकोमा दुसाध (पासवान) समुदायले विरोध गरेका छन।
सिराहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सल्हेश फुलबारीमा बाबा साहेब भिम राव अम्बेडकरको नाममा पार्क शिलान्यास गरेपछि पासवान समुदायहरुले विरोध जनाएको हो।
सोमबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह , मधेसका वन तथा वातावरण मन्त्री त्रिभुवन साह लगायतका नेताहरुको उपस्थितमा बाबा साहेब अम्बेडर पार्क शिलान्यास गरेको हो।
भारतका राजनीतिज्ञ एव समाजसुधारक बाबा साहेब अम्बेडकरको पार्क धार्मिक पर्यटकीय स्थलमा निर्माण गर्ने भएपछि चौतर्फी विरोध भएको छ । दलित समुदायको लागि मान्यवर रहेका अम्बेडकर पार्कप्रति दलित समुदायले नै विरोध जनाएको हो । त्यहाँ सलहेश फूलबारी नामले फूलबारी चर्चित रहेको छ ।
फुलबारीमा प्रत्येक वर्ष वैशाख १ गते राजा सल्हेशकै प्रेम प्रतिक स्वरुप एउटा रुखमा फुल फुल्छ। सदियौ देखिको ईतिहास फुलबारी धार्मिक संस्कृतिक दुसाध (पासवान) को कुल देवता भएको ठाउँमा अम्बेडकर नामक पार्क बनाउनु धार्मिक आस्था मास्नु रहेको भन्दै चौतर्फी विरोध जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…