अरुको छोरालाई पार्टीका पत्रकारले मेरो छोरा बनाईदिए, मुकेश नामको मेरो कुनै छोरा छैनः नेता यादव
लिङ्देनको सो भनाईलाई लक्षित गर्दै केहि अनलाईन सञ्चारमाध्यममा कांग्रेस सहमहामन्त्री यादवको छोरा मुकेश पक्राउ परेको र पछि छोडिएको समाचार प्रकाशित भएपछि सहमहामन्त्री यादवको आपती छ । ‘मेरो छोरा मुकेश हो कि होइन, साँच्चै पक्राउ परेको हो कि होइन ? कम्तिमा सोध्नुपर्छ नि’ प्रश्न गर्दै यादवले दुःख व्यक्त गरेका छन् ।

२०८२ बैशाख १३ शनिबार, बिहान ८:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका सह महामन्त्री एवम् नेता महेन्द्र यादवले अरुको छोरालाई मेरा छोरा बनाएर पार्टीका मिडियाहरुले चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् ।
राप्रपाका प्रतिनीधिसभा सदस्य एवम् अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले बोलेको प्रसंगमा आफनो नाम जोडेर केही पार्टीका पत्रकारहरुले भ्रामक र कपोकल्पित समाचार सम्प्रेषण गरेको बताएका छन् ।
सहमहामन्त्री महेन्द्र यादवले आफना दुईजना छोराहरुको नाम आकाश र विकास रहेकोमा षडयन्त्र र बदनाम गर्ने हिसावले हुदै नभएको मुकेश यादवलाई आफनो छोरा बनाएर प्रकाशित समाचारहरु प्रति आपती जनाएका छन् ।
तपाँईको छोरा मुकेश वास्तवमै पक्राउ परेको हो भन्ने प्रश्नमा सप्तरीमा रहेका उनले भने, ‘यस्तो भ्रामक र बदनियतपुर्वक आएको समाचार निन्दनीय छ, म आफै आश्चर्यमा छु, मुकेशलाई म चिन्दै चिन्दिन ।’ आजको प्रतिनीधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले गृहमन्त्रीलाई ध्यानाकर्षण गराउदै भाटभटेनीमा भएको लुटपाटमा तपाँइकै पार्टीका सहमहामन्त्रीको छोरा पनि पक्राउ परेका थिए किन तुरन्तै छोडनुभयो ? भन्दै प्रश्न गरेका थिए ।
लिङ्देनको सो भनाईलाई लक्षित गर्दै केहि अनलाईन सञ्चारमाध्यममा कांग्रेस सहमहामन्त्री यादवको छोरा मुकेश पक्राउ परेको र पछि छोडिएको समाचार प्रकाशित भएपछि सहमहामन्त्री यादवको आपती छ । ‘मेरो छोरा मुकेश हो कि होइन, साँच्चै पक्राउ परेको हो कि होइन ? कम्तिमा सोध्नुपर्छ नि’ प्रश्न गर्दै यादवले दुःख व्यक्त गरेका छन् ।
उनले आफना दुई छोरोहरु कुशल चिकित्सक रहेको बताउदै डा. आकाश यादव र डा. विकास यादव रहेको पनि बताए । दुवै छोरा विदेशमा पढिरहेको बताउँदै उनले जबरदस्ती कुनै मुकेश यादवलाई आफ्नो छोरा बनाएर चरित्र हत्या गर्न खोजेकोप्रति आपत्ति जनाएका छन् ।
जनकपुरबाट सँचालित केही दलीय पत्रकारले कसैले बोलेकै भरमा समाचार ब्यालेन्स गर्न नजानेको बताए । उनले भने, “आफूलाई फोन गरी सोध्दा भईहाल्थ्यो नि ? यति पनि न्यून्त्तम ज्ञान छैन पत्रकारको ? न्यून्त्तम जिम्मेवारी र आचारसंहिता नबुझने पार्टीका पत्रकार त्यतिकै भनेको होईन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…