जहर काण्डः मृतकको शरिरमा बन्चरोले हानेको घाउ, श्रीमानले जहर खुवाएर चारैलाई मारेको आशंका
प्रारम्भिक जानकारी अनुसार घरमै आमाले तीन जना छोराछोरीलाई विष खुवाएर आफूले पनि आत्महत्याको उद्देश्यले विष खाएको बताइएपनि बबिताको शरिरमा देखिएको घाउपछि उनलाई विष खुवाएर श्रीमानले नै मारेको शंका उब्जेको छ । अहिले बबिताका श्रीमान र उनका ससुरापक्ष सबै जना फरार रहेका छन् ।

२०८२ बैशाख १२ शुक्रबार, बेलुकी ५:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत बैशाख ९ गते मँगलबार धनुषामा भएको जहर काण्डमा श्रीमानले नै जहर खुवाएर आफ्ना सन्तान तथा श्रीमतिलाई मारेको आशंका बढेको छ ।
सोमबार राती धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वा बासुदेवपट्टिस्थित आमाले तीन सन्तानलाई विष खुवाएर मारेको घटनामा नयाँ मोड आएको छ । अस्पतालमा विष खाएर गम्भिर घाईते भएकी आमाको शरिरमा धारिलो हतियारले हानेको घाउ भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
बासुदेवपट्टि बस्ने स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी कृति साह र २ वर्षीया प्रिति साहको विषको कारण मृत्यू भएको थियो । सोही विष उनकी श्रीमति बबिताले खाएपछि गम्भिर घाईते भई जनकपुरको रामजानकी अस्पतालमा भर्ना भएकी थिइन् । शुक्रबार उनको मृत्यू भएको छ ।
उनको मृत्यू भएपछि पोष्टमार्टमको लागि लिएर जाँदै गर्दा शरिरको पछाडी भागमा धारिलो हतियार प्रहार भएको घाउ भेटिएको हो । उनको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उनको आजै दिउँसो मृत्यू भएको हो ।
प्रारम्भिक जानकारी अनुसार घरमै आमाले तीन जना छोराछोरीलाई विष खुवाएर आफूले पनि आत्महत्याको उद्देश्यले विष खाएको बताइएपनि बबिताको शरिरमा देखिएको घाउपछि उनलाई विष खुवाएर श्रीमानले नै मारेको शंका उब्जेको छ । अहिले बबिताका श्रीमान र उनका ससुरापक्ष सबै जना फरार रहेका छन् ।
गर्भवती रहेकी बविताको पेटमा रहेको ९ महिनाको बच्चालाई अप्रेसन गरी जीवितै उद्धार गरिएको छ । बच्चा पनि अहिले आईसीयूमा राखेर उपचार भईरहेको छ ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा दर्ता गर्न मानेका छैनन् । बबिताका माईत पक्षले भने छोरी र नातीहरुलाई जबरदस्ती विष खुवाएर मारेको आरोप लगाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…