डा. सिके राउतले गरे श्रीमतिसँग मिलापत्र, अलगै बस्ने निर्णय, महिनाको ३३ हजार खर्च दिनुपर्ने
महंगीको आधारमा यो रकम बर्सेनि १० प्रतिशतका दरले बढ्ने छ । यस्तै, राउतले पत्नीलाई अंशबापत काठमाडौं उपत्यकामा दिएको जग्गामा घर बनाइदिनुपर्नेछ । राउतको भागमा पर्ने पैत्रिक सम्पत्तिलाई ५ भाग ९छोराछोरीसहित० लगाएर एक हिस्सा पत्नीलाई दिने मिलापत्रमा उल्लेख छ ।

२०८२ बैशाख ११ बिहीबार, दिउँसो ३:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत र उनकी श्रमतिबीच चलेको सम्बन्ध विच्छेद (डिभोर्स) को मुद्दामा मिलापत्र भएको छ ।
ललितपुर जिल्ला अदालतमा दायर गरिएको सम्बन्ध विच्छेदको मुद्दामा अदालतले दुवै जनाबीचको नाता कायमै रहने गरी मिलापत्र गराएको हो । दुवै जनाको आपसी सहमतिमा अलगै बस्ने निर्णयसहित मिलापत्र भएको हो ।
प्रतिनिधि सभाका सांसद समेत रहेका राउतले पत्नी सोनी सिन्धु रानीसँग सम्बन्धविच्छेद गरिपाऊँ भनी गत भदौमा निवेदन दिएका थिए । तर, अदालतले सम्बन्धविच्छेद नगरी अलग–अलग रहन अनुमति दिएको हो ।
अदालतका सूचना अधिकारी रामसजिवन महतोका अनुसार मिलापत्रको आदेशमा राउतले पत्नी सिन्धुलाई आजीवन मासिक ३३ हजार रुपैया दिनुपर्ने उल्लेख छ ।
महंगीको आधारमा यो रकम बर्सेनि १० प्रतिशतका दरले बढ्ने छ । यस्तै, राउतले पत्नीलाई अंशबापत काठमाडौं उपत्यकामा दिएको जग्गामा घर बनाइदिनुपर्नेछ । राउतको भागमा पर्ने पैत्रिक सम्पत्तिलाई ५ भाग ९छोराछोरीसहित० लगाएर एक हिस्सा पत्नीलाई दिने मिलापत्रमा उल्लेख छ ।
मिलापत्रबमोजिम ३ सन्तानको जिम्मा सीकेले लिनेछन् । बच्चाको भागमा परेको सम्पत्ति पनि सीकेकै नाममा रहनेछ । सीकेले भविष्यमा आर्जन गर्ने सम्पत्तिमा पत्नीको हक नलाग्ने भएको छ । छोराछोरी भने हकवाला कायम रहनेछन् ।
दुवैले सार्वजनिकरूपमा एकअर्काको आलोचना नगर्ने पनि मिलापत्रमा उल्लेख गरिएको छ । मिलापत्र भएपछि डा. राउतले श्रीमतिसँगको तस्विर समाजिक सँजालमा राखेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…