
न्यूज ब्यूरो, सिरहा । सिरहाबाट कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ स्थितमा प्रहरी चौकी कचनारी सिरहाबाट खटीएको चेकीङ टोलिले चेकिङ गर्ने क्रममा नर्गी चौकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
भारततर्फ जादै गरेको नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक देश भारत जिल्ला मधुवनी ग्रामपंचायत पिपराही वडा नम्बर २ कमलपुर बस्ने धर्मेन्द्र सिंहको छोरा अन्दाजी बर्ष १९ को राजिव सिंह र सोही मोटरसाईकल पछाडी सवार फुलेश्वर सिंहको छोरा अन्दाजी बर्ष १९ को प्रिन्स सिंहको कम्मरमा भिरेको सानो कटुवा पेस्तोल भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनले लगाएको ट्रयाकको गोजीबाट एक थान गोली समेत फेला पारेको जनाईएको छ । पेस्तोल, गोली र मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहाबाट कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरी नीरिक्षक रविन राज मैनालीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८२ बैशाख ९ मंगलबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्