
न्यूज ब्यूरो, राजविराज । मधेश प्रदेशको सप्तरी राजविराजस्थित रहेको समाजिक विकास ईकाइ कार्यालयमा जनमत पार्टीका नेता महेश प्रसाद यादवले ताला लगाएका छन् ।
जनमत पार्टीका सँसदीय दलको नेता एवम् पूर्व शिक्षा मन्त्री समेत रहेका यादवले इकाई कार्यालयका हाकिम सुशिल कुमार झाले प्रदेश सरकारको योजनाको चिठ्ठी बेच्न लागेछि तालाबन्दी गरेको जनाएका छन् । कार्यालयमा तालाबन्दी भएपछि विगत एक सातादेखि कार्यालय खुल्न सकेको छैनन् ।
योजनाका चिठीहरु कर्यालय प्रमुखले वडा कार्यालयमा नपठाएर पछिल्लो एक महिनादेखि बाटोमै घुमाउदै आएपछि कार्यालयमा तालाबन्दी गरेको नेता यादले जनाए । कार्यालय प्रमुख झासँग कुरा गर्न जाँदा भेट्न नचाहने, चिठी अनधिकृत व्यक्तिलाई दिने र प्रदेश सभा सदस्यलाई बदनाम गराउने कार्य भएपछि ताला लगाएको बताए ।
‘चिठी वडा कार्यालयमा नगइरहेको विषयमा पटक–पटक भेटन जाँदा कार्यालय प्रमुख झा कुरा गर्न चाहेनन्’, उनी थप्छन्, ‘प्रमुख जिल्ला अधिकारीलाई पनि बोलाउँदा नआएपछि बाध्य भएर ताला लगाएको हुँ ।’– उनले भने ।
सरकारी कार्यालयमा ताला लगाइदिएपछि पूर्वमन्त्री यादवले चाबी प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाउन खोजेका थिए । तर सरकारी कार्यालय बन्द गरेर साँचो बुझ्नुपर्ने काम आफ्नो नभएको बताउँदै प्रजिअ दाहालले अस्वीकार गरेपछि यादवले कार्यालयमा लगाएको तालाको साँचो आफैं लिएर गएका छन् ।
कार्यालयमा प्रदेश सभा सदस्यले नै ताला लगाउँदा ६ दिनदेखि कार्यालय बन्द छ । कार्यालय बन्द हुँदा योजनाका चिठीहरु वडा कार्यालयमा पठाउन रोकिएको छ भने कार्यालयको कामसमेत ठप्प छ ।
यता, कार्यालय प्रमुख झाले भने जनमतका कार्यकर्ताहरुलाई योजनाको चिठ्ठी नदिएको झोँकमा तालाबन्दी गरेको बताएका छन् । कार्यकर्ताहरुसहित पूर्वमन्त्री यादवले गत शुक्रबार इकाई कार्यालयमा तालाबन्दी गरेको कार्यालय प्रमुख झाले बताए । झा सप्तरी र सर्लाही दुईवटा जिल्लाको सामाजिक विकास इकाई कार्यालयको प्रमुख छन् ।
सामाजिक विकास इकाई कार्यालय मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत पर्छ । सरकारका विकास योजनाहरु यो कार्यालयमार्फत सञ्चालन हुँदै आएका छन् ।
‘केही दिनदेखि पूर्वमन्त्रीजीका कार्यकर्ताहरु योजनाको सूची बनाएर उपभोक्ता समिति गठनबारेको चिठी माग्न आए,’ इकाई प्रमुख झाले भने, ‘चिठी सिधा वडा कार्यालयमा जाने बताइएपछि पूर्वमन्त्रीजी आफैं आएर कार्यालयमा ताला लगाउनुभयो ।’
प्रदेश सरकारबाट आएका योजनाहरुको उपभोक्ता समिति बनाउने बारेको पत्र आफूहरु सिधा वडा कार्यालयमा पठाउने गरेको इकाई प्रमुख झाको दाबी छ । ‘हामीले कुनै व्यक्तिलाई चिठी दिन मिल्दैन्’, उनले भने, ‘मन्त्रीजीका कार्यकर्ता चिठी माग्न आएका थिए, हामीले व्यक्तिलाई दिन नमिल्ने भन्दै वडामा पडाउने भनेपछि ताला लगाइयो ।’
'म जाति हेरेर होइन, कलाकारसँग बिहे गरेको छुः कलकत्तिया बाली
- २०८२ बैशाख ४ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजालमा चर्चामा रहँदै आएका धनुषाका अविनाश झा उर्फ कलकतियावालीले बिहे गरेका छन् । महिलाको अभिनय गर्दै आएका अभिनास झाको कलाकारिता प्रायः सबैलाई मन पराएको कला
पूरा पढ्नुहोस्