मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजमाथि महिला दुरव्यहार आरोपमा छानबिन
अहिराजमाथि महिलालाई दुव्र्यहावर भनिए पनि कस्तो दुव्र्यवहार हो र कहिलेको घटना हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।

२०८२ बैशाख ३ बुधबार, बेलुकी ५:४४ बजे१ मिनेट पढाइ

ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि महिलालाई दुव्र्यवहार गरेको आरोप लागेको छ । सो आरोपमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा रहेको महिला सेलले उनीमाथि अनुसन्धान अघि बढाएको हो । परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहराले अहिराजमाथि अनुसन्धान भइरहेको पुष्टि गरे ।
अनुसन्धानको विषय भएकाले थप बोल्ने अवस्था नरहेको बताउँदै बोहराले छानबिन भईरहेको बताए ।
अहिराजमाथि महिलालाई दुव्र्यहावर भनिए पनि कस्तो दुव्र्यवहार हो र कहिलेको घटना हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
एक महिलाले उनीमाथि दुरव्यवहारको आरोप लगाएको हो । प्रहरीले अहिराजमाथि अनुसन्धानको लागि पक्राउ पूर्जी समेत जारी गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…