मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजमाथि महिला दुरव्यहार आरोपमा छानबिन

२०८२ बैशाख ३ बुधबार
बेलुकी ५:४४ बजे
न्यूज ब्यूरो, डेस्क

ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशको पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि महिलालाई दुव्र्यवहार गरेको आरोप लागेको छ । सो आरोपमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा रहेको महिला सेलले उनीमाथि अनुसन्धान अघि बढाएको हो । परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहराले अहिराजमाथि अनुसन्धान भइरहेको पुष्टि गरे । 

अनुसन्धानको विषय भएकाले थप बोल्ने अवस्था नरहेको बताउँदै बोहराले छानबिन भईरहेको बताए । 

अहिराजमाथि महिलालाई दुव्र्यहावर भनिए पनि कस्तो दुव्र्यवहार हो र कहिलेको घटना हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।

एक महिलाले उनीमाथि दुरव्यवहारको आरोप लगाएको हो । प्रहरीले अहिराजमाथि अनुसन्धानको लागि पक्राउ पूर्जी समेत जारी गरेको हो । 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा कटुवा पेस्तोल सहित २ जना भारतिय पक्राउ

  • २०८२ बैशाख ३ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।  सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ स्थितमा प्रहरी चौकी कचनारी सिरहाबाट खटीएको चेकीङ टोलिले चेकिङ गर्ने

पूरा पढ्नुहोस्

Bureau Menus