साम्प्रदायिक विद्वेष र आपराधिक कृत्यमा संलग्न जोसुकैलाई कारवाही गर्नुः मुख्यमन्त्री सिँह

२०८२ बैशाख ३ बुधबार
बिहान ०७:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा शोभायात्राका क्रममा साम्प्रदायिक विद्वेष र आपराधिक कृत्यमा संलग्न जोसुकैलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । 

उनले हनुमान जयन्तीको दिन तनाव सिर्जना गरी हिंसा भड्काउने दुष्प्रयास र त्यसपछिका घटनाक्रमप्रति गहिरो चासो लिँदै तनाव साम्य पार्न र जनजीवन सहज बनाउन सम्बद्ध प्रशासनिक तथा प्रहरी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् । 

मुख्यमन्त्री सिंहले सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न सबै धार्मिक, सांस्कृतिक र जातीय समुदायबीच एकअर्काप्रति सम्मान र भाइचारा आवश्यक रहेको जोड दिए। उनले साम्प्रदायिक विद्वेष र आपराधिक कृत्यमा संलग्न जोसुकैलाई छानविन र कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार अनिल कुमार कर्णले जनाए। साथै, वीरगञ्जमा शान्ति र सद्भाव सुनिश्चित गर्न राजनीतिक दल, नागरिक समाज र प्रहरी प्रशासनबाट भएका गम्भीर प्रयासको उनले सराहना गरेका छन् । 

वीरगञ्जलाई धार्मिक र सांस्कृतिक विविधताको अतुल्य सहर भन्दै यसलाई मधेशको शक्ति भएको बताए। यस्तो विविधतालाई कुनै पनि निहुँमा भङ्ग गर्नु दुःखद र चिन्ताजनक हुने उनको भनाइ छ। एकअर्काको धार्मिक विश्वास र अभ्यासप्रति सम्मान गर्दै नागरिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न उनले सबैलाई आग्रह गरेका छन् । 

मुख्यमन्त्री सिंहले घटनाका दोषीको पहिचान, अनुसन्धान र कारवाहीका लागि सर्वदलीय बैठकले गरेको पाँचबुँदे सहमतिअनुसार अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिइएका छन् । 

  • 5%
  • 4%
  • 39%
  • 3%
  • 0%
  • 0%

जनकनन्दिनीमा स्वरोजगार गर्न मोटर, फ्रीजसहित विभिन्न समाग्री वितरण 

  • २०८२ बैशाख ३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न समाग्री वितरण गरेको छ ।  जनकनन्दिनी गाउँपालिकामा सँचालनमा रहेको रेमी परियोजना अन्तर्गत वडा नम्बर ४ र वडा नं. ६ का

पूरा पढ्नुहोस्

Bureau Menus