जनकपुर रमण कन्सट्रक्सनका सँचालक बलराम महतोविरुद्ध पक्राउ पूर्जी, मोबाईल अफ गरेर फरार

२०८१ चैत २९ शनिबार
बेलुकी ६:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको रमण कन्सट्रक्सनका मालिक बलराम महतोविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनलाई लेनदेनको मुद्दामा पक्राउ पूर्जी जारी भएको हो । 

एक व्यक्तिसँगको लेनदेनको मुद्दामा उनी दोषी साबित भएपछि उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको जनाइएको छ । यद्यपी, जिल्ला प्रहरी कार्यालय धनुषाले भने यसबारे जानकारी दिन चाहेनन् । 

जानकारी अनुसार, जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर ४ बस्ने सन्तोषकुमार यादवसँगको लेनदेन मुद्दमा महतोविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बस्ने रमण कन्सट्रक्सन प्रालिका सञ्चालक समेत रहेका ६२ बर्षिय बलराम महतो विरुद्ध बैकिङ्ग सम्वन्धी कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा घटना पश्चता फरार रहेको उनलाई पक्राउ पूर्जी जारी भएको छ ।

यादव र महतोबीच विगतमा गरिएको कारोवारमा करिव २५ करोडको लेनदेन भएको तर महतोले आफूले ८ करोड मात्रै दिने भने पछि उनी विरुद्ध मुद्दा नै दायर गरिएको थियो । मुद्दामा उनलाई दोषी ठहर गरेपछि उनी सो पैसा नदिने भन्दै फरार भएका छन् ।

२०८१ चैत २१ गते पुनरावेदन अदालतले समेत उनलाई दोषी ठहर गरेको छ । दोषी ठहर भए देखि उनी मोवाइल अफ गरेर फरार भएका छन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बुझिएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोको जमानत जफ्त भएपछि उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए । ६ महिना अगाडी मात्र जसपाको् आर्थिक विभागको प्रमुख बलराम महतो बनेका हुन् । 

  • 0%
  • 61%
  • 6%
  • 0%
  • 0%
  • 11%

मर्न उक्साएको आरोपमा पूर्व वडाध्यक्ष यादव पक्राउ 

  • २०८१ चैत २९ शनिबार

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका पूर्ववडाध्यक्ष राजदेव यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सोनमा गाउँपालिकाको वडा नम्बर ८ का पूर्ववडाध्यक्ष राजदेव यादवलाई ज्यान मार्ने मुद्दामा पक्राउ गरिएको

पूरा पढ्नुहोस्

Bureau Menus