वीरगँजः हनुमान जयन्ती शोभायात्रामा दुई समुदायबीच झडप, पसलहरुमा आगजनी, अवस्था तनावग्रस्त

२०८१ चैत २९ शनिबार
बेलुकी ६:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । वीरगँजमा हनुमान जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीच झडप भएको छ । 

शनिबार हिन्दु समुदायका व्यक्तिहरुले मनाउने हनुमान जयन्ती मनाउने क्रममा निकालिएको शोभायात्राको क्रममा दुई समुदायबीच झडप भएको हो । 

शोभायात्रा ¥याली इदगाह चौक छप्पैया पुग्नेबित्तिकै झडपमा परिणत भएको हो । झडपका कारण छपकैया चौक तनावग्रस्त बनेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार हनुमान जयन्तीको ¥याली छप्पैया चोकस्थित इदगाह नजिक पुगेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो, जसले अन्ततः झडपको रूप लिएको हो ।  झडपको क्रममा केही पसलमा तोडफोड एवं आगजनी समेत भएको छ । सो क्रममा पार्किङ्ग गरि राखिएको केही मोटरसाइकलमा समेत आगजनी भएको छ।

झडप नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार समेत गरेको छ् ।

यद्यपि, झडपको कारण र क्षतिको विवरण लगायत घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ । हाल छप्पैया चोकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ र स्थिति सामान्य बनाउने प्रयास जारी रहेको बताइएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो

  • २०८१ चैत २९ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै

पूरा पढ्नुहोस्

Bureau Menus