सिरहाको चोहर्बामा बेनाम औषधी पसल, दिनहुँ ठगिदै उपभोक्ता 

२०८१ चैत २९ शनिबार
बिहान ०९:११ बजे
सबिन यादव

न्यूज ब्यूरो, सिरहा ।  सिरहाको पुरानो चोहर्वामा रहेको बेनाम औषधि पसलमा सेवाग्राहीलाई ठगेको पाइएको छ ।

नरहा गाउँ पालिका वडा नम्बर २ बाट औषधी लिन गएका एक बिरामी सोही बेनाम औषधि पसलबाट ठगिएका छन् । एक विरामीलाई डाक्टरले चेक गरि औषधि लेखेर दिएपछि सो पसलबाट त्यसको सट्टा भन्दै औषधी दिँदै आएको बताईएको छ । सट्टामा औषधी दिने चलन सो औषधी पसलमा एम.आर. बाट औषधी बेच्ने लक्ष्य मात्र राखेको बताईन्छ । 

वडा नं. २ का विरामी राजन यादवले औषधी लिएर गएको तथा औषधी खान छाडेपछि मात्र पेट दुःखाई कम भएको थियो । पेट दुखाई कम भएपछि उनले औषधी फिर्ता गर्न पसल गएपछि पसल सँचालकले औषधी फिर्ता गरिदिएनन् । बिना दर्ताको सँचालनमा रहेको सो औषधी पसल बेनाम रहेको छ । 

औषधी पसलले दिएको कालाभाम नामक ट्याबलेट फिर्ता गर्न गएपछि फिर्ता नगरेको गुनासो विरामीले गरेको छ । न्युज ब्यूरोसँगको जिज्ञासा्मा औषधि पसल संचालक सुनिल सिंहले औषधी फिर्ता नगर्नु पसलको गल्ती रहेको स्वीकारे । 

सो सन्दर्भमा गोलबजार नगरपालिकाका स्वास्थ्य संस्थाका संयोजक सरोज कर्णले बजारबाट जसरी अरु समान फिर्ता हुन्छ, त्यसरी नै औषधि पनि फिर्ता हुनुपर्छ यदि फिर्ता नगरे उनको बदमासी हो । यसबारे बुझेर थप बताउने उनले बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 13%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८१ चैत २९ शनिबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus