जनकपुरमा बस व्यवसायी संघको गुण्डागर्दी, विरामीको उपचार खर्च मागेपछि न्यूरो हस्पिटलमा तोडफोड
जनकपुरधामबाट राजविराजकालागि छुटेका ना ५ ख १४४१ नम्वरको धनलक्ष्मी ट्राभल्स दुर्घटना हुँदा करिव ४० बढी जना घाइते भएका थिए । त्यतिवेला बस व्वसायीहरुले सम्पूर्ण विरामीको उपचार खर्च बेहोर्ने जनाएका थिए ।

२०८१ चैत २३ शनिबार, बिहान ९:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम बस व्यवसायी संघले जनकपुरको न्यूरो हस्पिटलमा तोडफोड गराएको छ ।
बस दुर्घटनामा परी उपचाररत रहेका विरामीहरुलाई उपचार खर्च बिना नै डिस्चार्ज गर्नुपर्ने भन्दै जनकपुरको मुरलीचोकस्थित रहेको जनकपुर न्यूरो हस्पिटलमा तोडफोड गराएको हो ।
जानकी जनकपुरधाम यातायात प्रा.लि. ले एक बस बाउन्सर लिएर उपचार गरिएको विरामीको उपचार खर्च मागेको भन्दै तोडफोड गरेको आरोप छ ।
अन्तरगृह परिक्रममा गरेर गत चैत १ गते धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलस्थित पूर्वपश्चिम राजमार्गमा भएको बस दुर्घटनाका घाईतेहरुलाई उपचार गर्न जनकपुरको न्यूरो हस्पिटल ल्याइएको थियो ।
जनकपुरधामबाट राजविराजकालागि छुटेका ना ५ ख १४४१ नम्वरको धनलक्ष्मी ट्राभल्स दुर्घटना हुँदा करिव ४० बढी जना घाइते भएका थिए । त्यतिवेला बस व्वसायीहरुले सम्पूर्ण विरामीको उपचार खर्च बेहोर्ने जनाएका थिए ।
तर, चार पाँच जना विरामीहरु उपचारार्थ रहेको र उनीहरुको उपचार खर्च नदिई बस व्यवसायीहरु ती विरामीहरुलाई डिस्चार्ज गर्न दवाव दिएपछि अस्पताल प्रशासनले उनीहरुको बिल भुक्तानीको लागि भनेपछि बस व्यवसायी संघ जनकपुरका अध्यक्ष मनोज चौधरीले एक बस गुण्डा कसेर तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ ।
बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले आफ्नो विरामीहरुलाई बन्धक बनाएको आरोप लगाएका छन् भने अस्प्ताल सञ्चालक डा. विजय राउतले ४०÷४५ जनाको उपचार गरेर फर्काउँदा बन्धक बनाइएन आज चार पाँच जनालाई बन्धक बनाएको भन्नु दुःखद र निन्दनीय कुरा रहेको बताए ।
बस व्यवसायीहरुले ती विरामीहरुको उपचार खर्च नदिई त्यतिकै डिस्चार्ज गर्न भने पछि अस्पताल प्रशासनले विल भुक्तानी गर्न भनेपछि त्यहाँ विवाद चर्किएको थियो ।
विभिन्न समयमा जनकपुर न्यूरो हस्पिटलले विपन्नलाई निःशुल्क उपचार, मध्यम वर्गलाई न्यून खर्चमा उपचार गर्दै आएको छ ।
मधेश प्रदेशमा एक मात्र न्यूरो हस्पिटलमा बस व्यवसायी संघको नेतृत्वमा भएको तोडफोडको चौतर्फी विरोध गरिएको छ । जनकपुरमै न्यूरो सेवा सँचालन भएपछि विराटनगर वा अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…