रिँकु सदाय प्रकरणमा पँच बनेका वडा सदस्य साहलाई जेल पठाउन आदेश
गएको ३० माघमा रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृत्युअघि शौच गर्न जाँदा चार जना युवकले सामूहिक बलात्कार गरेको उनले बताएकी थिइन् । त्यसपछि उक्त बलात्कारको घटनालाई गाउँमा पञ्चायत बसेर मिलापत्र गराइएको थियो । रिंकु मृत भेटिएपछि उनको परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।

२०८१ चैत १३ बुधबार, बेलुकी ५:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिराहाको नवराजपुर गाउँपालिका भगवानपुरकी रिंकु सदाको बलात्कार र ज्यान गएको घटनाका एक अभियुक्तलाई सिराहा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ ।
न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले घटना मिलाउन पञ्चायती बस्ने वडा सदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।
अन्य प्रतिवादीहरू विन्देश्वर साह, कारी भनिने करिया मुसहर, रामकृपाल मण्डल, रामदेव सदा र दुई नाबालकलाई जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
गएको ३० माघमा रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृत्युअघि शौच गर्न जाँदा चार जना युवकले सामूहिक बलात्कार गरेको उनले बताएकी थिइन् । त्यसपछि उक्त बलात्कारको घटनालाई गाउँमा पञ्चायत बसेर मिलापत्र गराइएको थियो । रिंकु मृत भेटिएपछि उनको परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…