१० मिनेट नबित्दै गणित विषयको प्रश्नपत्र आउट
मुख्यमन्त्री सतिश कुमार सिँहले यस्तै अमर्यादित परीक्षा हुन नदिनको लागि केन्द्राध्यक्ष गोलाप्रथाबाट चयन गर्ने निर्णय गरेको थियो । जसको विरुद्धमा नेपाल शिक्षक संगठन समेत विरोध जनाएको थियो । मुख्यमन्त्रीले परीक्षा बहिष्कार गरेपछि मधेशका जिल्लाहरुमा एईई परीक्षा केन्द्राध्यक्षको मिलोमत्तोमा अमर्यादित हुन थालेको हो ।

२०८१ चैत १० आइतबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १० चैत्त । जनकपुरमा एइई परीक्षाको आज तेस्रो दिन पनि गणित विषयको प्रश्नपत्र आउट भएको छ ।
परीक्षा सुरु भएको १० मिनेट नबित्दै गणित विषयको प्रश्नपत्र आउट भएको हो । यो प्रश्नपत्र धनुषाको एक परीक्षाकेन्द्रबाट आउट भएको हो ।
परीक्षा केन्द्रका केन्द्राध्यक्षले मोटो रकम लिएर मोबाईल छिराउन दिएपछि प्रश्नपत्र लगातार बाहिरिएको अभिभावकहरु बताएका छन् । अँग्रेजी, नेपालीको प्रश्नपत्र परीक्षा सुरु भए लगत्तै आउट भएको थियो ।
यो प्रश्नपत्र पूर्वी धनुषाको एक परीक्षा केन्द्रबाट आउट भएको हो । प्रश्न पत्र औरही गाउँपालिकाको एक परीक्षा केन्द्रबाट आउट भएको हो ।
मुख्यमन्त्री सतिश कुमार सिँहले यस्तै अमर्यादित परीक्षा हुन नदिनको लागि केन्द्राध्यक्ष गोलाप्रथाबाट चयन गर्ने निर्णय गरेको थियो । जसको विरुद्धमा नेपाल शिक्षक संगठन समेत विरोध जनाएको थियो । मुख्यमन्त्रीले परीक्षा बहिष्कार गरेपछि मधेशका जिल्लाहरुमा एईई परीक्षा केन्द्राध्यक्षको मिलोमत्तोमा अमर्यादित हुन थालेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…