डोममाथि छुवाछुतको आरोपमा गाँपा अध्यक्ष यादवसहित तीन जना उपर जाहेरी दर्ता
चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।

२०८१ चैत ९ शनिबार, बेलुकी ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा जातीय छुवाछुतको आरोपमा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवसहित तीनजना उपर जाहेरी दर्ता भएको छ ।
सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ स्थित आयोजन गरिएको विष्णु महायज्ञको क्रममा एक डोम समुदायमाथि गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलिप यादव र यज्ञका बाबा बजरँगज् िबाबा उपर जातीय छुवाछुतको जाहेरी दर्ता भएको हो ।
शनिबार जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका दलित समुदायका अगुवाहरुले तीनै जनामाथि जातीय छुवाछुतको जाहेरी दर्ता गरिएको हो ।
औरही गाउँपालिका वडा नम्बर ५ का अहिले पीडित भनिएका दीपक मल्लिकले दिएको जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ ।
औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार, जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै कानुनबमोजिम कारबाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।
पीडित परिवारको जाहेरी प्राप्त भएको र यससँगै कानुनी कारबाही प्रक्रिया अघि बढेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ ।
चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…