महायज्ञको तयारीमा जुटेका कामदारहरु सबै दलित समुदायकै महिला पुरुषहरु, छुवाछुत कसरी ?: आयोजक
महायज्ञमा काम गर्ने कामदारहरुले समेत यहाँ कुनै छुवाछुत नरहेको र आफूहरुलाई काम गर्न सहज भएको प्रतिक्रिया दिएका छन् । महायज्ञमा काम गर्ने दलित महिलाहरुले आफूहरुसँग कुनै प्रकारको छुवाछुत नभएको दाबी गरिरहेका छन् ।

२०८१ चैत ९ शनिबार, बिहान १०:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिका वडा नं. ५ स्थित आयोजन भएको विष्णु महायज्ञको तयारीमा जुटेका कामदारहरु ९० प्रतिशत दलित समुदायका रहेका छन् ।
विभिन्न सँचारमाध्यममा डोम समुदायलाई विस्थापित गरी छुवाछुत गरेको समाचार आईरहँदा महायज्ञका आयोजकतर्फको एक प्रतिनीधिले महायज्ञको तयारीमा जुटेका कामदारहरु प्रायः दलित समुदायकै रहेको बताएका छन् ।
गाउँपालिका अध्यक्ष शिवजी यादवलाई फँसाउनको लागि छुवाछुतको मुद्दा लगाएर पदीय बेईज्जत गर्ने योजनामा डोम समुदायलाई सारेर सफल हुन चाहेको आरोप लगाउँदै छुवाछुत भएको भए अन्य दलित समुदायका महिलाहरुबाट काम गराउने आवश्यकता नै नरहेको भन्दै कटाक्ष गरिएको छ ।
“महायज्ञमा काम गर्ने महिलाहरु, पुरुषहरु प्रायः दलित समुदायकै रहेका छन् । महायज्ञको लागि हुने तयारीमा ९० प्रतिशत कामदार दलित समुदायकै रहेका छन् । अहिले पनि महायज्ञमा दलित समुदायका व्यक्तिहरु काम गरिरहेका छन् । तर, दलितसँग जोडेर दलित आयोगबाट केही घण्टामै पक्राउ पूर्जी जारी गर्न लगाउन कम्यूनिष्ट पार्टी र दलित अगुवाहरुको षडयन्त्र मात्र रहेको पाईएको छ । अन्य दलित उपरको घटनामा नबोल्ने आयोग र अगुवाले शिवजी यादव, पूर्व वडाध्यक्ष र त्यागी बाबामाथि पक्राउ पूर्जी जारी गर्न लगाउनु षडयन्त्र प्रष्ट देखिएको छ ।”– स्थानीय गणेश यादवले भने ।
महायज्ञमा काम गर्ने कामदारहरुले समेत यहाँ कुनै छुवाछुत नरहेको र आफूहरुलाई काम गर्न सहज भएको प्रतिक्रिया दिएका छन् । महायज्ञमा काम गर्ने दलित महिलाहरुले आफूहरुसँग कुनै प्रकारको छुवाछुत नभएको दाबी गरिरहेका छन् ।
महायज्ञ रोक्नको लागि जातीय छुवाछुतको मुद्दा अनाहकमा उठान गरिएको आरोप आयोजक पक्षले लगाउँदै षडयन्त्र गरिदैमा महायज्ञ नरोकिने चेतावनी दिएका छन् । महायज्ञ भव्य तरिकाले गराउन सबैमा आग्रह समेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…