SEE परीक्षामा गोलाप्रथाबाट केन्द्राध्यक्ष तोक्ने निर्णयविरुद्ध उत्रे शिक्षक संघ, परीक्षा बहिष्कारको चेतावनी
जारी विज्ञप्तिमा अगाडि भनिएको छ–‘राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा सञ्चालन निर्देशिका अनुसार परीक्षा सञ्चालन, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा निरीषकहरुको व्यवस्था रहेको कुराको हेक्का नराखि परीषाको मुखमा गोलाप्रथाद्वारा केन्द्राध्यक्ष चयन गरिने भनी माध्यमिक शिक्षा परीक्षा जस्तो सम्वेदनशीलतालाई नजर अन्दाज समेत गर्न नसक्ने मधेश प्रदेश सरकारको यस्ता गैर जिम्मेवारी क्रियाकलापको घोर भत्र्सना गर्दछौं ।’

२०८१ चैत ४ सोमबार, बेलुकी ५:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको शिक्षा स्तरमा सुधार ल्याउन विभिन्न परीक्षा केन्द्रमा गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति गर्ने निर्णयविरुद्ध नेपाल शिक्षक संघले मोर्चाबन्दी गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गोलाप्रथाबाट केन्द्राध्यक्ष तोकिनुपर्ने अडान लिएपछि नेपाल शिक्षक संघ मधेश प्रदेशले त्यसलाई हास्यास्पद र दोषपूर्ण रहेको टिप्पणी गरेको छ ।
शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष परशुराम यादव र महासचिव विजयकुमार झाले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरि मुख्यमन्त्रीको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यार्थीको भविष्य कोर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई स्वच्छ, निष्पक्ष, मर्यादित र भय रहित वातावरणमा परीक्षा सञ्चालन गर्ने हाम्रो पनि चाहना रहँदा रहँदै पनि मधेश प्रदेश सरकारले नियम विपरीत परीक्षा सञ्चालन गर्न खोज्नु हास्यापद र दोषपूर्ण रहेको उल्लेख गरेका छन् ।
जारी विज्ञप्तिमा अगाडि भनिएको छ–‘राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा सञ्चालन निर्देशिका अनुसार परीक्षा सञ्चालन, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा निरीषकहरुको व्यवस्था रहेको कुराको हेक्का नराखि परीषाको मुखमा गोलाप्रथाद्वारा केन्द्राध्यक्ष चयन गरिने भनी माध्यमिक शिक्षा परीक्षा जस्तो सम्वेदनशीलतालाई नजर अन्दाज समेत गर्न नसक्ने मधेश प्रदेश सरकारको यस्ता गैर जिम्मेवारी क्रियाकलापको घोर भत्र्सना गर्दछौं ।’
शिक्षक संघ मधेश प्रदेश समितिले मुख्यमन्त्रीको चेतावनीको विरुद्धमा चेतावनी दिँदै एसईई नियम विपरीत केन्द्राध्यक्ष तोक्ने प्रयास गरिए आफूहरु मधेश प्रदेशका आठ बटै जिल्लामा वहिस्कार गर्ने बाध्यहुने चेतावनी दिएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथावाट हुनुपर्ने नत्र हामी एसईई परीक्षाको कार्यबाट बाहिरिने चेतावनी दिएका हुन् । मुख्मन्त्रीको यो कदमलाई चौतर्फी प्रशँसा भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…