यादवचोक विवादः समाजिक सदभाव नभडकिने गरी चोकको नामाकरण यथाशिघ्र हुन्छः मेयर यादव
उनले समाजिक सदभाव कायम हुने गरी त्यहाँ सार्वजनिक स्थानमा सबैलाई मान्य हुने गरी चोकको नामाकरण गर्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार दिउँसो मेयर यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा आईतबार बसेको सर्वपक्षीय बैठकबाट चोकको नामाकरण सर्वमान्य हुने गरी राख्ने निर्णय भएको जनाएको छ ।

२०८१ चैत ४ सोमबार, दिउँसो ४:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सबैलाको भठिहनमा यादवचोक लेखिएपछि उत्पन्न भएको विवाद साम्य पार्नको लागि सबैला नगरपालिकाका मेयर कारीराम यादवले यथाशीघ्र चोकको नामाकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।
सबैला नगरपालिका वडा नम्बर ९ स्थित केही व्यक्तिहरुले जातको नामले यादवचोक लेखेर बोर्ड लगाएपछि दुई समुदायबीच विवाद चुलिएपछि मेयर यादवले यादव चोक नरहने जनाएका छन् ।
वडा नम्बर ९ मा विभिन्न जातजातीको वस्ती रहेको अवस्थामा कोल्हुवामोरका केही व्यक्तिहरुले जातीगत बोर्ड लगाएपछि विवाद उत्पन्न भएको हो । अहिले भठिहनको अवस्था तनावग्रस्त बन्दै गोली चलेपछि मात्र मेयर यादवले अवस्था साम्य पार्न यस्तो निर्णय गरेका हुन् ।
उनले समाजिक सदभाव कायम हुने गरी त्यहाँ सार्वजनिक स्थानमा सबैलाई मान्य हुने गरी चोकको नामाकरण गर्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार दिउँसो मेयर यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा आईतबार बसेको सर्वपक्षीय बैठकबाट चोकको नामाकरण सर्वमान्य हुने गरी राख्ने निर्णय भएको जनाएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…