जनकपुरः विरामी लिएर काठमान्डौँ जान लागेका एम्बुलेन्सले दियो अटोरिक्सालाई ठक्कर, एक युवकको मृत्यू
धनुषाको लक्ष्मीनियाबाट महेन्द्रनगर तर्फ आइरहेको ज १ स ३४८७ नम्बरको अटो रिक्सालाई रम्दैया भवाडीमा पछाडीबाट ठक्कर दिँदा अटोमा सवार लक्ष्मीनिया गाउँपालिका ७ बस्ने सुरेश यादवको छोरा अन्दाजी वर्ष २४ को अर्जुन यादवको उपचारको क्रममा मृत्यू भएको छ । सो घटनामा अटोमा सवार अटो चालक सहित २ जना घाइते भएका छन् । उनीहरुको उपचार भईरहेको छ भने एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

२०८१ चैत ३ आइतबार, राति ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट विरामी लिएर काठमान्डौँ जान लागेको एम्बुलेन्सले अटो रिक्सालाई ठक्कर दिएको छ ।
जनकपुरको न्यूरो हस्पिटलबाट विरामी रिफर गरी काठमान्डौँ जान लागेको स १ च १३९२ नम्बरको एम्बुलेन्सले अटो रिक्सालाई ठक्कर दिएको जनाइएको छ ।
धनुषाको लक्ष्मीनियाबाट महेन्द्रनगर तर्फ आइरहेको ज १ स ३४८७ नम्बरको अटो रिक्सालाई रम्दैया भवाडीमा पछाडीबाट ठक्कर दिँदा अटोमा सवार लक्ष्मीनिया गाउँपालिका ७ बस्ने सुरेश यादवको छोरा अन्दाजी वर्ष २४ को अर्जुन यादवको उपचारको क्रममा मृत्यू भएको छ ।
सो घटनामा अटोमा सवार अटो चालक सहित २ जना घाइते भएका छन् । उनीहरुको उपचार भईरहेको छ भने एम्बुलेन्स चालक पक्राउ परेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…