अमरेशको आक्रोसः मधेशी भएकै कारण सिभिल हस्पिटलमा डा. प्रमोद यादवलाई नियुक्ति दिएन
उनले भने, ‘भर्खर अहिले सिभिल हस्पिटलको डाइरेक्टरको नियुक्ति भएको छ । त्यहाँ पनि ३ नम्बरकोे मान्छेलाई गरियो । सिफारिस हुँदाखेरी मेरिट लिस्टको १ नम्बरमा प्रमोद यादव थिए । मधेशी भएको कारणले त्यहाँ नियुक्ति भएन । सरकारले के बुझेको छ कि मधेशी, जनजाति, दलित, महिला के भिख माग्नका लागि यो देशमा बसेको हो ?’

२०८१ चैत ३ आइतबार, बेलुकी ५:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले सिभिस हस्पिटलको डाइरेक्टरमा मेरिट लिस्टको १ नम्बरमा रहेका प्रमोद यादवलाई नियुक्ति नदिइएर ३ नम्बरमा रहेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मधेशी भएकै कारण प्रमोद यादवलाई सरकारले विभेद गरेको आरोप लगाए ।
उनले भने, ‘भर्खर अहिले सिभिल हस्पिटलको डाइरेक्टरको नियुक्ति भएको छ । त्यहाँ पनि ३ नम्बरकोे मान्छेलाई गरियो । सिफारिस हुँदाखेरी मेरिट लिस्टको १ नम्बरमा प्रमोद यादव थिए । मधेशी भएको कारणले त्यहाँ नियुक्ति भएन । सरकारले के बुझेको छ कि मधेशी, जनजाति, दलित, महिला के भिख माग्नका लागि यो देशमा बसेको हो ?’
साथै, सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी ड्राफ्ट गरेको कानुनको उनले विरोध गरे । विशिष्टहरुले पदमा हुँदा पनि लुट्ने गरेको र विभिन्न काण्ड घटाउने गरेको उनको आरोप छ ।
पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर उनीहरुलाई सुविधा दिइन नहुने उनले बताए ।
‘पूर्वविशिष्टको सुविधाको कुरा छ । पदमा हुँदा लुट्ने, ठूला–ठूला काण्ड गर्ने, एनसेल काण्डदेखि लिएर वाइटवडी काण्ड गर्ने । रिटायर्ड भएर पनि जनताको लुट्ने रु त्यो मिल्दैन । जनता ऋणको मारमा जाने, पूर्वविशिष्टहरु पदमा जाँदा पनि लुट्ने, रिटायर्ड भएर पनि लुट्ने । यो बन्द हुनुपर्छ,’– उनले भने ।
मेरिट लिस्टको ३ नम्बरमा रहेका व्यक्ति सिभिल हस्पिटलको डाइरेक्टर, मधेशी भएकै कारण प्रमोद यादवलाई नियुक्ति नदिइएको साँसद सिँहले दाबी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…