धनुषामा यादवचोक लेखिएपछि दुई गाउँबीच झडप,, आश्रुग्यास प्रहार, स्थिति तनावग्रस्त
चौकको नाम परिवर्तनको विषयलाई लिएर स्थानीयबासीबीच विवाद उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कलहुवामोरका केही स्थानीयहरूले चौकमा “यादव चौक” को बोर्ड राखेपछि भठिहन र कलहुवामोरका बासिन्दाबीच झडप भएको हो।

२०८१ चैत ३ आइतबार, दिउँसो ३:२४ बजे१ मिनेट पढाइ

शम्भु पण्डित, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित यादव समुदायका केही युवकहरुले सार्वजनिक बोर्ड उखेलेर यादवचोक लेखिदिएपछि दुई गाउँबीच असमान्य विवाद उत्पन्न भएको छ ।
सबैला नगरपालिका वडा नम्बर ९ र शहिदनगर नगरपालिकाको बीचमा पर्ने कोल्हुवामोरमा दुई गाउँबीच विवाद चुलिएको छ । केही स्थानीय युवाहरुले सरकारी बोर्डलाई तोडेर त्यसमा जातीय गन्ध आउने गरी यादवचोक लेखिदिएपछि विवाद उत्पन्न भएको छ ।
चौकको नाम परिवर्तनको विषयलाई लिएर स्थानीयबासीबीच विवाद उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कलहुवामोरका केही स्थानीयहरूले चौकमा “यादव चौक” को बोर्ड राखेपछि भठिहन र कलहुवामोरका बासिन्दाबीच झडप भएको हो।
स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार गरिएको छ। झडपका क्रममा केही व्यक्ति घाइते भएका छन्।
सार्वजनिक स्थानमा केही जातबालाहरुले यादवचोक लेखिदिएपछि दुई गाउँबीच नै विवाद भएको हो । यादवचोकको विरोधमा सोही गाउँका यादव समुदायहरु पनि उत्रेका छन् ।
सार्वजनिक स्थान कुनै एक जातको वा कसैको नीजि नभएको भन्दै भठिहनबासीले पटक-पटक नीजि सम्पति झैँ एक जातको नामले चोक राख्ने थालेपछि प्रतिकारमा उत्रेका छन् । त्यहाँ एक तर्फ बोर्ड लगाउने यादव समुदायका व्यक्तिहरु छन् भने अर्का तर्फ पुरै वडा नम्बर ९ वासी प्रतिकारमा उत्रेका छन् ।
जातको राजनीतिमा रोटी सेक्ने योजना सबैला नगरपालिकाका मेयर कारिराम यादव र शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवको रहेको आरोप स्थानीयहरुले लगाएका छन् । सार्वजनिक स्थानको नामाकरणको अधिकार स्थानीय सरकारलाई सर्वसम्मतमा पारित गर्ने प्रावधान रहेपनि जातीय हिसाबले दुवै पालिकाका मेयरले राजनीतिक लाभ लिनको लागि यस्तो गर्न दिएको आरोप छ ।
स्थानीय सरकारको हैसियतले सार्वजनिक स्थानमा यादवचोक लेखेपछि सबैलाका मेयर वा शहिनगरका मेयर कुनै आपत्ति जनाएका छैनन् । सबैला नगरपालिका वडा नं. ९ का वडाध्यक्ष मनिष राय अमातले भने यस्ता कार्य गर्नेलाई कारवाहीको लागि सिफारिस गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…