जनकपुरः होली खेल्ने क्रममा युवकमाथि छुरा प्रहार, युवकको मृत्यू
आँशुमाथि छुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले छुरी हान्ने धर्मेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए।

२०८१ चैत २ शनिबार, राति ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा होली खेल्ने क्रममा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा छुरी प्रहारबाट स्थानीय पप्पु यादवका छोरा १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो।
आँशुमाथि छुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले छुरी हान्ने धर्मेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…