न्यूज ब्यूरो, काठमाडौं / नयाँ दिल्ली | भारतको राष्ट्रिय राजधानी दिल्लीको लालकिला नजिक सोमबार साँझ (नोभेम्बर १०) भएको शक्तिशाली विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्।
न्यूज ब्यूरो, काठमाडौं / नयाँ दिल्ली | भारतको राष्ट्रिय राजधानी दिल्लीको लालकिला नजिक सोमबार साँझ (नोभेम्बर १०) भएको शक्तिशाली विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार यो घटना सन्दिग्ध आतंकवादी आक्रमण (फिदायिन-शैलीको अपरेसन) हुनसक्ने बताइएको छ।
विस्फोट हुनुभन्दा केही क्षणअघि कैद गरिएको CCTV फुटेज सार्वजनिक भएको छ, जसमा सेतो रंगको हुन्डाई I-20 कार भीडयुक्त सडक हुँदैगईरहेको देखिन्छ।
ड्राइभिङ सीटमा बसेका व्यक्ति कालो मास्क लगाइरहेको देखिन्छ, जसलाई अनुसन्धान एजेन्सीहरूले आतंकवादी मोहम्मद उमर भएको आशंका गरिरहेका छन्।
फुटेजमा कार विस्फोटको केही मिनेटअघि ट्राफिक सिग्नलमा रोकिने क्रममा देखिएको छ।
अनुसन्धान अनुसार विस्फोटमा प्रयोग गरिएको कार मोहम्मद सलमान नामक व्यक्तिको थियो। उनले उक्त कार नदीमलाई बेचेका थिए, जसले पछि फरीदाबादस्थित रॉयल कार जोन नामक युज्ड कार डिलरलाई बिक्री गरेको थियो। त्यसपछि उक्त कार तारिकले किनेर अन्ततः मोहम्मद उमरले प्रयोगमा ल्याएको पाइएको छ।
विस्फोट लालकिला मेट्रो स्टेशनको गेट नम्बर–१ नजिक भएको पुष्टि गरिएको छ। अनुसन्धान निकायका अनुसार उक्त कारमा विस्फोटक पदार्थ जानाजानी राखिएको थियो र पूर्वनियोजित रूपमा भीडभाडको समयमा विस्फोट गराइएको थियो। टप इन्टेलिजेन्स स्रोतका अनुसार यो विस्फोटमा ८ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्, जसको उपचार एलएनजेपी अस्पतालमा भइरहेको छ।
भारतको एनआईए र दिल्ली पुलिस स्पेशल सेलले घटनाको अनुसन्धान थालेका छन्। प्रारम्भिक तथ्याङ्कअनुसार यो घटना फिदायिन शैलीको आक्रमण जस्तो देखिएको बताइन्छ। स्रोतहरूका अनुसार पक्राउ परेका तारिक जम्मु–कश्मीरको पुलवामा निवासी हुन् र उनी फरीदाबादस्थित एक आतंकवादी मोड्युलसँग जोडिएको शंका गरिएको छ। त्यही मोड्युलले यो विस्फोटको योजना बनाएको प्रारम्भिक अनुमान गरिएको छ।
शुरुआती इन्फर्मेशन अनुसार, कारमा विस्फोटक पदार्थहरू पहिले नै भरिएका थिए र त्यसलाई साँझ ६:५२ बजे भीड भएको सडकमा विस्फोट गराइयो।
धमाका यति शक्तिशाली थियो कि सडकका बत्तीहरू निभिए, आगोका लप्काहरू दर्जनौं फिट माथि उफ्रिएका थिए र वरपरका अन्य सवारी साधन पनि क्षतिग्रस्त भए।
घटनापछि दिल्लीसहित भारतका प्रमुख शहरहरूमा सुरक्षा सतर्कता उच्च स्तरमा पुर्याइएको छ। छिमेकी नेपाल र भारतबीचको सीमाक्षेत्रमा समेत निगरानी बढाइएको संकेत भेटिएको छ।
विश्लेषकहरूको भनाइमा, राजधानीको संवेदनशील क्षेत्रमै भएको यस्तो विस्फोटले भारतको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ। अनुसन्धान अधिकारीहरूले अहिले विस्फोटमा संलग्न व्यक्ति र समूहहरूको पृष्ठभूमि, उद्देश्य र अन्तर्राष्ट्रिय सम्पर्कबारे गहिरो छानबिन गरिरहेका छन्।