जनकपुरः नदीमा युवकको लास फेला, हत्या गरी फालिएको आशंका
शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका प्रहरीको छ ।

२०८१ फागुन २७ मंगलबार, राति ९:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको नदीमा एक युवकको लास फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ भोयलस्थित हुलाकी मार्गमा पर्ने कलभर्टमुनी लास फेला परेको हो ।
भोयलचोकदेखि लगत्तै पूर्व रहेको हुलाकी मार्गको कलभर्टमुनी युवकको लास देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । भोयल गाउँको पूर्व रहेको मोड बाटोस्थितको कलभर्टमुनी सडेगलेको अवस्थामा लास देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार लासको प्रकृति हेर्दा अन्दाजी ४० वर्षीय पुरुष रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट केही शंकास्पद सामानहरू पनि बरामद भएको छ ।
शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका प्रहरीको छ ।
घटनास्थलबाट मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…