गोलबजारको होटेलहरुमा यौनधन्दा, प्रहरीले कडाई गरेपछि ईन्पेक्टर साहविरुद्ध मोर्चाबन्दी 

२०८१ फाल्गुण २७ मंगलबार
बिहान ०८:५१ बजे
सबिन यादव

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रमुख शहरहरुमध्येको गोलबजारको होटलहरुमा यौनधन्दा फस्टाएपछि कडाई गरेका ईलाका प्रहरी कार्यालय गोलबजारका ईन्सपेक्टर गोविन्द प्रसाद साहविरुद्ध केही होटल सँचालकहरु मोर्चाबन्दी गरेका छन् । 

गोलबजारको दर्जन बढी गेष्ट हाउस र होटलमा यौनधन्दा हुन थालेपछि ईलाका प्रहरी कार्यालय गोलबजारका ईन्सपेक्टर गोविन्द साहले कडाई गर्न थालेका छन् । गैर–समाजिक कार्य भएकोले र छेउछाउमा विद्यालयहरु भएकोले बजार क्षेत्रमा यस्ता क्रियाकलाप नगर्न निर्देशन दिएपछि ईन्स्पेक्टर साहविरुद्ध केही बिचौलियाहरु लागेको बताईएको छ । 

गोलबजार क्षेत्रमा भारतबाट ल्याउने भन्सार छलीको समानहरुमा निरन्तर कडा निगरानी गरेपछि ईन्सपेक्टर साहलाई फँसाउन त्यहाँका केही व्यापारीहरु सक्रिय भएका छन् । बिलेकियाहरुलाई असहज भएपछि केही सँचारमाध्यममा ईन्सपेक्टर साहविरुद्ध भ्रामक आरोप लगाउन थालेको स्थानीय व्यापारीहरु बताउँछन् । 

केही सँचारमाध्यममा ईन्सपेक्टर साहले एक सर्वसाधारणसँग एक मुद्दामा ३५ हजार रुपैयाँ र आईफोन खोसेको आरोपप्रति खण्डन गर्दै ईन्सपेक्टर साहले मिडियामा आएको कुरा एकतर्फा र मानसिक कुण्ठा मात्र रहेको बताए । उनले केही व्यक्तिलाई स्वार्थ पुरा नभएपछि मिथ्या तथ्य फैलाएकोप्रति आपत्ति जनाए । 

सँचारमाध्यमहरुमा आएको लहानका पँकज साहसँग रकम लिएको र आईफोन खोसेको सन्दर्भमा पँकजका बुवाले त्यस्तो केही नरहेको प्रतिउत्तर दिए । उनले भने,–“सोना मुद्दा थियो, मसँग पैसा मागेको होईन, छोराको मोबाईल पनि लिनुभएको छैन, अब कसले के भनिदियो हामीलाई थाहा भएन । हामीलाई पेल्न इन्सपेक्टर साहेबको नाम पत्रिकाहरुमा राखियो । ईन्सपेक्टर साहेब त्यस्तो केही गर्नुभएन्, झूठ किन बोल्नु ? ।”

गोलबजारमा तस्करी र बिलेकियागिरी गरेर कर छलीका धन्दा चलाउने बिलेकियाहरु अहिले ईन्सपेक्टर साहविरुद्ध एकजुट भएका छन् । सरकारलाई जाने राजश्व चुहाबट रोक्न खोजेपछि र बजार क्षेत्रमा मौलाएको यौनधन्दा रोक्न खोजेपछि बिचौलियाहरु ईन्सपेक्टर साहविरुद्ध एकजुट भएका छन् । 

  • 8%
  • 8%
  • 8%
  • 8%
  • 8%
  • 8%

अमरेशको आक्रोसः मधेशी भएकै कारण सिभिल हस्पिटलमा डा. प्रमोद यादवलाई नियुक्ति दिएन

  • २०८१ फाल्गुण २७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले सिभिस हस्पिटलको डाइरेक्टरमा मेरिट लिस्टको १ नम्बरमा रहेका प्रमोद यादवलाई नियुक्ति नदिइएर ३ नम्बरमा रहेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै आपत्ति

पूरा पढ्नुहोस्

Bureau Menus