मधेशमा अवैद्य अस्पतालहरु बन्द गराउने पहिलो मुख्यमन्त्री सतिश सिँह, नायक शैलीमा एक्सन
प्रदेशको ८ वटै जिल्लामा गएर अनुगमनको क्रममा रहेका मुख्यमन्त्रीले धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहटसम्म पुगेका छन् । अन्य जिल्लाहरुमा पुगेर अवैद्य रुपमा सँचालित अस्पतालहरु बन्द गराउने एक्सनमा रहेका छन् । र् जसपाको नेतृत्वमा करिब ७ बर्षसम्म सरकार रहेपनि यही कार्य गर्न सकेका थिएनन् ।

२०८१ फागुन २४ शनिबार, बेलुकी ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशमा बर्षौदेखि सँचालनमा रहेको अवैद्य र नक्कली अस्पताल बन्द गराउने पहिलो मुख्यमन्त्रीको रुपमा उभिएका छन्– सतिश सिँह ।
यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको दुई मुख्यमन्त्रीले मधेश प्रदेशको विभिन्न जिल्लामा सँचालनमा रहेको अवैद्य अस्पताल बन्द गराउन हिम्मत गर्न सकेका थिएनन् । बहुमतमा रहेका तत्कालिन जसपा नेतृत्वको सरकारले यही कार्य गर्न सकेका थिएनन् ।
जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिश सिँहले विगत केहीदिनदेखि निरन्तर मधेश प्रदेशको विभिन्न जिल्लामा हिन्दी फिल्म नायक शैलीमा प्रस्तुत भएपछि चौतर्फी वाहवाही बटुलेका छन् । अहिले मुख्यमन्त्री सिँह विभिन्न जिल्लामा आफैँ अस्पताल पुगेर कागजपत्र नभएको, न्यून्तम मापदण्ड पूरा नै नगरी सँचालनमा रहेका अस्पतालाईलाई धमाधम बन्द गराउन थालेका छन् ।
मुख्यमन्त्रीको नायक शैलीको एक्सनपछि विभिन्न स्थानमा सँचालनमा रहेको अवैद्य अस्पताल मुख्यमन्त्रीको डरले आफैँ बन्द गरेर भाग्न थालेका छन् । मुख्यमन्त्री सिँह विशेषज्ञहरुलाई साथमा लिएर अस्पतालमा अनुगमन गरी अवैद्यलाई तत्कालै बन्द गर्न निर्देशन समेत दिने गरेका छन् । कैयौँ अस्पतालमा तालाबन्दी गरिएको छ ।
प्रदेशको ८ वटै जिल्लामा गएर अनुगमनको क्रममा रहेका मुख्यमन्त्रीले धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहटसम्म पुगेका छन् । अन्य जिल्लाहरुमा पुगेर अवैद्य रुपमा सँचालित अस्पतालहरु बन्द गराउने एक्सनमा रहेका छन् । र्
जसपाको नेतृत्वमा करिब ७ बर्षसम्म सरकार रहेपनि यही कार्य गर्न सकेका थिएनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…