सरकार र ठेकेदार ईमान्दार भए कमला पूल ६ महिनामै बन्छः प्रचण्ड
दाहालले आफू प्रधानमन्त्री हुँदा भारत सरकारसँग कुरा गरी ३०० किलोमिटर हुलाकी राजमार्गमा कालोपत्रे गराएको दाबी गरे । उनले माओवादीको सरकार बनेपछि बाँकी रहेको हुलाकी मार्गको कार्य पनि द्रुत गतिमा सिध्याउने प्रतिवद्धता जनाए ।

२०८१ फागुन १९ सोमबार, बिहान १०:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमला पुल बनाउन सरकार इमान्दार हुनुपर्ने बताएका छन् ।
जनतासँग माओवादी तराई मधेश हुलाकी मार्ग जागरण अभियानको क्रममा शनिबार धनुषा आएका दाहालले कमला पुल निर्माणको सन्दर्भमा सरकार र ठेकेदार इमानदार भए ६ महिनामै निर्माण हुने बताए ।
तराईका जिल्लाहरुमा हुलाकी मार्गमा अभियान चलाएका दाहालले शनिबार सिरहाको कार्यक्रम सकाउँदै धनुषा प्रवेश गरेका थिए । शनिबार धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयास्थित आराम गरेका दाहाल आईतबार बिहानै मर्निँग वाकको क्रममा सो कुरा बताएका हुन् ।
सँचारकर्मीको प्रश्नमा दाहालले कमला पूल निर्माण गर्न बर्षौ लागेपनि अझै बन्न नसकेकोमा को दोषीको सवालमा उनले वर्तमान सरकार र ठेकेदार इमान्दार नभएको प्रतिक्रिया दिए ।
सो क्रममा सँचारकर्मीले तपाईको सरकारको पाला पनि पुल बनेनन्, ईमान्दार थिएन सरकार ? भन्ने प्रश्नमा उनले सरकार इमान्दार भएपनि ठेकेदार इमान्दार नभएको आरोप लगाए । विपक्षीहरुले भाँडभैलो मच्चाउने प्रवृतिले कमला पुलको काम हुन नसकेको बताए ।
दाहालले आफू प्रधानमन्त्री हुँदा भारत सरकारसँग कुरा गरी ३०० किलोमिटर हुलाकी राजमार्गमा कालोपत्रे गराएको दाबी गरे । उनले माओवादीको सरकार बनेपछि बाँकी रहेको हुलाकी मार्गको कार्य पनि द्रुत गतिमा सिध्याउने प्रतिवद्धता जनाए ।
उनले अहिले पनि हुलाकी मार्गमा सरकारले काम गरिरहेको र पुल निर्माणको कारण ढिलाई भएको बताए । कमला पुलका ठेकेदारलाई कारवाही भएको बताए ।
उनले आफ्नै पालाको सरकारमा भौतिक पूर्वाधार मन्त्रालयबाट कमला पुलको लागि बजेट दिएको दाबी गरेको ।
आईतबार बिहान कमला नगरपालिकाको विभिन्न वडामा जनतासँग भेटघाट गरी हँसपुर नगरपालिकाको सोनिगामास्थित जनतालाई सम्बोधन गरेका थिए । सोनिगामाको कार्यक्रम सकेपछि आईतबार नै काठमान्डौँ फर्केका हुन् ।
हुलाकी मार्ग अन्तर्गत सोमबार महोत्तरीको मटिहानीमा कार्यक्रम तय भएपनि परिक्रमाको धार्मिक लस्करलाई मध्यनजर गर्दै कार्यक्रम रद्द गरिएको थियो । पुनः २२ गतेदेखि महोत्तरीबाट कार्यक्रम हुने सचिवालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…