कमलामा कार्यालय आउन छाडे कर्मचारी ,NGO को भत्ता लोभमा अस्पतालबाट पनि आउँछन जनप्रतिनीधि
गाडी लिएर कर्मचारी मात्र नभई जनप्रतिनीधिहरु पनि व्यक्तिगत कार्यमा मात्र व्यस्त हुने गरेको आरोप स्थानीयहरुले लगाउन सुरु गरेका छन् । कमला नगरपालिकामा विकासे बजेट खर्च प्रत्येक बर्ष भएपनि जनताले विकास हेर्न पाएका छैनन् । भित्री रुपमा सँचालन हुने बजेट काम नै नगरी रकम निकासा हुने विभिन्न तथ्य प्रमाणहरु स्थानीयहरुले जुटाउन सुरु गरेका छन् ।

२०८१ फागुन १६ शुक्रबार, बेलुकी ७:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा कर्मचारी र जनप्रतिनीधि कार्यालय आउनै छाडेका छन् ।
महिनामा १० दिन मात्र कार्यालय आउने कर्मचारी र जनप्रतिनीधिहरु भने अहिलेसम्म लाखौँको पेट्रोल डिजेल खाईसकेका छन् । नियमित आउनुपर्ने कर्मचारीहरुले कुनै काम नै नपाउँदा कार्यालय आउन छाडेका छन् ।
दिनहुँ कार्यालय उपस्थित हुनुपर्ने यहाँका जनप्रतिनीधिहरु समेत आउन छाडेपछि कमला नगरपालिका विधवा बनेको छ । चालु आर्थिक बर्षको मात्र ४ महिना मात्र बाँकी रहँदा विकास निर्माणका कुनै कार्यक्रम अगाडी बढन सकेका छैनन् । नगरपालिकामा बाहिरि शक्तिले ओभरटेक गरेपछि विकास निर्माणको कार्यक्रमहरु जकथक भएको छ ।
कहिल्यै नगरपालिका नआउने जनप्रतिनीधिहरु कुनै गैर सरकारी सँस्थाको कार्यक्रम हुँदा भत्ताको लोभमा अस्पतालको बेडबाट पनि दुगुर्दै आउने गरेको आरोप स्थानीयहरुले लगाएका छन् । महिनामा कहिलेकाही मात्र दर्शन दिने उच्च पदस्थ जनप्रतिनीधिहरु एनजिओको कार्यक्रममा ५०० रुपैयाँ भत्ता पाउने लोभमा जहाँ भएपनि आउने गरेको नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए ।
“हुनतः कहिलेकाँही मात्र दिन गनेर मेयर, उपमेयरहरु आउँछन् । वडाध्यक्षहरु आ आफ्ना वडामा हुन्छन त्यसमा दुई मत छैन । नगरपालिकाको कार्यालयमा काम गर्ने दुई तिन कर्मचारीबाहेक अन्य त आउँदै आउँदैन । तर, कुनै गैर सरकारी सँस्थाको भत्ता पाक्ने कार्यक्रमको जानकारी पाए लगत्तै अस्पतालको बेडमा पानी चढाइरहेका जनप्रतिनीधिहरु पनि भत्ताको लोभमा कार्यक्रममा सहभागी हुन आउँछन् ।”– एक गैर सरकारी सँस्थाका कर्मचारीले भने ।
कमला नगरपालिकाको विभिन्न शाखामा कर्मचारीहरु मोबाईल चलाएर बस्न बाध्य छन् भने विभिन्न शाखा कर्मचारीविहिन भएका छन् । जनप्रतिनीधिहरुको केबिनमा प्रायः ताल्चा लागेको हुन्छ । सरकारी गाडी लिएर कर्मचारी मात्र नभई जनप्रतिनीधिहरु पनि व्यक्तिगत कार्यमा मात्र व्यस्त हुने गरेको आरोप स्थानीयहरुले लगाउन सुरु गरेका छन् ।
कमला नगरपालिकामा विकासे बजेट खर्च प्रत्येक बर्ष भएपनि जनताले विकास हेर्न पाएका छैनन् । भित्री रुपमा सँचालन हुने बजेट काम नै नगरी रकम निकासा हुने विभिन्न तथ्य प्रमाणहरु स्थानीयहरुले जुटाउन सुरु गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…