जनकपुरको राराब कलेजमा दुई शिक्षकबीच पिटापिट
एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लान सम्बन्धी छलफल गर्न क्याम्पस प्रमुख बसन्त कर्णलाई भेट्न गएका थिए । क्याम्पस प्रमुखले रायलाई परीक्षाको जिम्मेवारीबाट रायलाई हटाउन खोजेपछि विवाद सुरु भएको जनाइएको छ ।

२०८१ फागुन १२ सोमबार, राति ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमै कर्मचारीहरुबीच पिटापिट भएको छ ।
त्रिभुवन विश्वविद्यालयले जारी राखेको एमबीएसको परीक्षाको जिम्मेबारी हेरफेरको विषयमा विवाद चर्केपछि क्याम्पसका कर्मचारीद्वय महेश यादव र सुरेन्द्र यादव आपसमा कुटाकुट गरेका हुन् ।
एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लान सम्बन्धी छलफल गर्न क्याम्पस प्रमुख बसन्त कर्णलाई भेट्न गएका थिए । क्याम्पस प्रमुखले रायलाई परीक्षाको जिम्मेवारीबाट रायलाई हटाउन खोजेपछि विवाद सुरु भएको जनाइएको छ ।
कर्मचारीहरु कुटाकुटमा उत्रेपछि त्यहाँ ठूलो भिड जम्मा भएको थियो । प्रहरी त्यहाँ पुगेर अवस्था साम्य पारेका छन् । विवाद मिलाउन दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा विवाद टुगिँएको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…