हाकिम मेरो सचिव हो, आफूखुसी निर्णय गरेपछि भनाभन मात्रै भयोः मेयर दास
यस सन्दर्भमा नगर दासले आफ्नो छोरालाई अभद्र गाली गरेपछि गाली गर्नेलाई जवाफ दिने बताए । उनले एक अधिकृत लेभलमा बसेर कार्यकक्षमै एक सर्वसाधारणलाई अभद्र गाली गलौज गर्नु मानमर्दन मात्रै नभई उनको आफ्नो हैसियत समेत प्रदर्शन भएको बताए ।

२०८१ फागुन ३ शनिबार, बिहान ८:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा विदेह नगरपालिकाका मेयर बेचन दासले प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र साहले कानुन मर्यादा ओभरटेक गरेपछि भनाभन भएको बताएका छन् ।
विभिन्न सँचारमाध्यमहरुमा नगर प्रमुख दासले अधिकृत साहलाई गालीगलौज गरेको सन्दर्भमा न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर दासले नगर प्रमुखको हैसियतलाई मानमर्दन गरी ओभरटेक गरेपछि भनाभन मात्रै भएका प्रतिक्रिया दिएका छन् ।
मेयर दासले अधिकारिक फेसबुक पेज मार्फत अधिकृत साहले लगाएको आरोप निराधार रहेको भन्दै खण्डन समेत गरेका छन् । मेयर दासले अधिकृतलाई अँकित गर्दै भनाभन भएको कुरालाई समाजिक सँजाल, विभिन्न मिडियामा गएर धाकधम्की दिएको कुरा निराधार र भ्रामकता फैलाउन मात्रै खोजेको आरोप लगाए ।
उनले भनेका छन्–“शिक्षा सेवा आयोगबाट आएका शिक्षक सामाजिक विषयका हुनुहुन्थ्यो। हाम्रो नगरपालिकाले शिक्षा जिल्ला एकाइबाट कुनै पनि विषयको शिक्षक माग गरेको थिएन (एकाई बाट पत्र पनि जारी गरेको छ) । तर पनि, प्रमुख प्रशासकीय अधिकृतज्यूले आफ्नो स्वार्थअनुसार शिक्षकलाई नगरपालिकामा हाजिर गराउनुभयो। जब शिक्षा शाखा प्रमुखले यसबारे आपत्ति जनाउनुभयो र नियमअनुसार यस्तो गर्न नमिल्ने जानकारी गराउनुभयो, उहाँले यसको बेवास्ता गर्दै आफ्नै निर्णय लाद्न खोज्नुभयो।”
नगर प्रमुख दासले जनकपुरमा बस्ने अधिकृतले घरबेटीको आफन्तलाई कानुन विपरित नगरपालिकामा हाजिर गराउन खोजेपछि समान्य विवाद भएको प्रतिक्रिया दिएका छन् । उनले भने, –“कानुन विपरित कसैले गर्नुभएन, कमसेकम एक पटक मसँग पनि कुरा गर्नुपर्ने आवश्यक थियो की ? हाकिम मेरो सचिव हो, मेरो आदेश पनि पर्खिनुपर्ने थियो, म जिल्ला बाहिर रहँदा यस्ता गतिविधि गर्नुभन्दा पहिले मसँग समन्वय त गर्नुपर्ने आवश्यक थियो, मलाई सोध्दै नसोधिन आफूखुसी गरेपछि भनाभन भएको हो । यति मात्र हो अरु केही छैन् ।”
उनले भने–“यस विषयमा छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृतज्यूले अनावश्यक धाक-धम्की दिनुभयो, जुन सरासर झुठ र अफवाह मात्र हो। भोलिपल्ट नगरपालिका कार्यालयमा आयोजित बैठकमा विभिन्न वडाका अध्यक्षज्यूहरू, प्रहरी जवानहरू तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा छलफल भयो। सो छलफलमा नगरवासीहरूले सामाजिक सुरक्षा भत्ताको समयमा वितरण लगायत अन्य सेवा प्रवाहमा ध्यान नदिएको भन्दै गुनासो व्यक्त गर्नुभयो। तर प्रमुख प्रशासकीय अधिकृतज्यूले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभन्दा उल्टै अटेरी गर्ने तथा जनताप्रति गैरजिम्मेवार व्यवहार देखाउनुभयो।
हामी यस विज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छौं कि प्रमुख प्रशासकीय अधिकृतज्यूको सबै आरोपहरू पूर्ण रूपमा झूठ, निराधार र जनमानसलाई भ्रममा पार्ने प्रयास मात्र हुन्। नगरवासीको हित विपरीत कुनै पनि कार्य लागू हुने छैन, र सत्यको पक्षमा हामी सधैं दृढ रूपमा उभिनेछौं।”
सोही सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषामा भएको छलफलमा अधिकृत साहले गलत गरेको ठहर भएपछि पुनः समन्वय गरिएको बताईएको छ । अधिकृत साहले व्यवहारिक रुपमा समेत नगर प्रमुखसँग अनुमति लिइ यस्ता कार्य गर्नुपर्नेमा नगरेको बताइएको छ ।
यस सन्दर्भमा नगर दासले आफ्नो छोरालाई अभद्र गाली गरेपछि गाली गर्नेलाई जवाफ दिने बताए । उनले एक अधिकृत लेभलमा बसेर कार्यकक्षमै एक सर्वसाधारणलाई अभद्र गाली गलौज गर्नु मानमर्दन मात्रै नभई उनको आफ्नो हैसियत समेत प्रदर्शन भएको बताए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…