सरस्वति पूजामा विकृति फैलाउन पाउनुपर्छ: हिन्दु सम्राट नेपाल

२०८१ माघ २१ सोमबार
बिहान ०९:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सरस्वति पूजाको नाममा मौलाउँदै गएको विकृति रोक्न र सभ्य तरिकाले पूजाआजा मनाउन धनुषा विदेह नगरपालिकाका मेयर बेचन दासले निर्देशन दिएपछि हिन्दु सम्राट नेपालले आपत्ति जनाएको छ । 

हिन्दु सम्राट नेपालले सरस्वति पूजामा विकृति हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । हिन्दु धर्म रक्षाको लागि एक संगठनको स्थापना गरेको दाबी गरिएपनि हिन्दु धर्मावलम्बीहरुको आस्थाको पूजा सरस्वति पूजामा विकृति हुनुपर्ने धारणा राखेपछि आम नागरिकहरु आक्रोसित भएका छन् । 

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले सरस्वति पूजाको नाममा हुने छाडापन, अश्लिल गीत बजाउने, अश्लिल नृत्य गर्ने, बाटोमा बालिका जिस्काउने, रक्सी, मद्यपान सेवन गरी पूजाआजामा संलग्न हुँदा विकृति फैलिएको भनेर यस्तो नगर्न नगर प्रमुख दासले निर्देशन जारी गरेपछि हिन्दु सम्राट नेपालले आपत्ति जनाएको छ । 

गत माघ ३ गते नगर प्रमुख दासले विदेह नगरपालिकाभरिको समुदायिक तथा नीजि विद्यालयहरुमा विद्यार्थीहरुबाट चन्दा नलिन, पूजाको नाममा हुँदै गरेको विकृति नफैलाउन आग्रह गरेका थिए । 

हिन्दु सम्राट नेपालको अधिकारिक फेसबुक पेजमा मेयरको विकृति विरुद्धको निर्देशनलाई विपरित लिँदै पूजाको नाममा अश्लिल नृत्य, अश्लिल गीत बजाउन पाउनुपर्ने, बाटोमा बालिका जिस्काउनुपर्ने, रक्सी मद्यपान गरी विकृति फैलाउन दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । 

सो धारणामा हिन्दु सम्राट समर्थित युवकहरु, नगर प्रमुखका विरोधीहरुले सहमति जनाएको देखिएका छन् । त्यसमा शिक्षित युवकहरु समेत देखिएका छन् । सरस्वति पूजाको नाममा विकृति फैलाउन पाउनुपनेृ धारणाले हिन्दु सम्राटमाथिको विश्वास उठन थालेको छ । 

हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवले नगर प्रमुखलाई जातीयताको आधारमा विकृति विरुद्धको निर्णयलाई गलत तरिकाले पेश गरेको टिप्पणी गरिएको छ । 

  • 17%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 83%

Why Men rape?

  • २०८१ माघ २१ सोमबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus