
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ मेलाबाट फर्किँदै गरेको जिप बिहारको मुजफ्फरपुरमा शनिबार दुर्घटना हुँदा जनकपुरका पाँचजनाको मृत्यु भएको छ।
मृतक सबै एकै परिवारको रहेको बताइएको छ। दुर्घटनामा परी चारजना घाइते भएका छन्।
प्रयागराजबाट फकिँदै गरेको स्कार्पियो जिप शनिबार दिउँसो मुजफ्फरपुरको मधुबनी मन्दिरनजिक दुर्घटना भएको हो।
बिहारको सहर मुज्फरपुरमा शनिबार साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए । उनका अनुसार मृतक धनुषा र महोत्तरी जिल्लाका छन् ।
सो दुर्घटनामा ४५ बर्षिय मन्तार्नी देवी, ३० बर्षिय अर्चना ठाकुर , ६० बर्षिय बालाकृष्ण झा, ५५ बर्षिय इन्दु देवी र कार चालक रहेका छन् । दुर्घटनामा ज्यान गुमानेमध्ये अर्चना ठाकुर जनकपुर न्यूरो हस्पिटलकी कर्मचारी रहेको अस्पताल प्रशासनले जनाएको छ ।
दुर्घटनामा मनोहर ठाकुर , कामिनी झा , सृष्टि ठाकुर र जगतारण देवी गम्भीर घाइते भएका छन् । घाइते मनोहर नेपाल प्रहरीका जवान रहेको बताइएको छ।
दैनिक भाष्करले जनाएअनुसार मृतक र घाइते एकै परिवारका रहेका छन्।
उनीहरू कुम्भमा स्नान गरेर अयोध्या र त्यसपछि वाराणसी पुगेर फर्किरहेको घाइते कामनी झाले बताएकी छन्। घाइतेलाई उपचारका लागि एसकेएमसीएचमा पठाइएको छ। तीव्र गतिमा रहेको जिप मोटरसाइकल बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार जिपले पाँच बल्ड्याङ खाएको थियो।
दैनिक भाष्करले जनाएअनुसार मृतक र घाइते सबै जना जनकपुरका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारीले दुर्घटनाबारे कुनै जानकारी नआएको बताए। त्यस्तै जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि दुर्घटनाबारे कुनै खबर नआएको जनाएको छ।
बन्दी रिहाई नगरे 'युद्ध विराम भँग' गर्ने अमेरिक राष्ट्रपति ट्रम्पको चेतावनी
- २०८१ माघ २० आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले हमासका लागि बन्दी रिहाइको समयसमेत दिएका छन्। उनले हमासलाई बन्दी
पूरा पढ्नुहोस्