सरकारी विद्यालय सुधार गर्न व्यवस्थापन समिति खारेज हुनुपर्छः मुख्यमन्त्री सिँह

२०८१ माघ १३ आइतबार
बिहान १०:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सरकारी विद्यालयबाट विद्यालय व्यवस्थापन समिति हटाउनुपर्ने बताएका छन् । 

शनिबार एक कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेश प्रदेश माननीयहरु भषणवाजीमा मात्रै सीमित रहेको टिप्पणी गरेका छन् । जनकपुरधाममा शनिबार भएको एक कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेशसभा सदस्यहरु शिक्षा र कृषिको विकासबारे अनावश्यक फलाक्ने गरेको बताए ।

मुख्यमन्त्री सिंहले भने, ‘ माननीयहरुले पनि प्रदेशसभा बैठकमा भाषण गर्दा शिक्षा र कृषिमा लगानी गर्नुपर्ने ठूला कुरा गर्छन्, ‘ उहाँहरुको सिफारिसमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड बजेट पठाएको ९९ प्रतिशत योजना सडक ढलान, सामुदायिक दलान र मन्दिर बनाउनमै सिमित भएर आउँछ ।’ प्रधानाध्यापक संघले आयोजना गरेको ‘शिक्षा संवाद’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालय राम्रो गरिरहेको र अझ राम्रो गर्न विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने बताए । दुई दशक अघिसम्म सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सन्तोषजनक रहे पनि एनजीओ र आइएनजीओले विकृति थुपारेको आरोप मुख्यमन्त्री सिंहले लगाए ।

मुख्यमन्त्री सिंहले अभिभावक तथा शिक्षकको हातमा सामुदायिक विद्यालयको भविष्य रहेको बताए । उनले शिक्षकले न्युन्तम जिम्मेवारीवहन गर्ने र अभिभावकले नियमित रुपमा बालबालिकालाई विद्यालय पठाउन तथा गृहकार्य गर्न सहजीकरण गरिदिए सामुदायिक विद्यालयको तुलना निजीले गर्न नसक्ने बताए ।

सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले विद्यालय व्यवस्थापन समिति खारेज गर्ने मुख्यमन्त्रीको प्रस्तावमाथि व्यंग्य गर्दै विद्यालय सरकारको हो भन्दै प्रश्न तेस्र्याए । सो क्रममा मेयर साहले थप्पडी बजाएर मुख्यमन्त्री सिंहको भाषणप्रति समर्थन जनाउने प्रधानाध्यापकहरुलाई हकारे । मेयर साहले भने, ‘मुख्यमन्त्रीजीले विद्यालय व्यवस्थापन समिति खारेज गर्ने कुरा गर्नुभो तपाईहरुले ताली पिट्नुभो, के विद्यालय सरकारको हो र ?’

  • 17%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'राजर्षि जनक विश्वविद्यालयको विवाद राजनीतिकरण नगरौँ, नत्र ध्वस्त हुन्छ'

  • २०८१ माघ १३ आइतबार
  • शशिकान्त मण्डल

भर्खरै केही दिन अगाडी हाम्रो राजर्षी जनक विश्वविद्यालयले ६० वटा शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिएको विषय सबैलाई ज्ञात नै होला।  यस विश्वविद्यालयका केन्द्रीय कार्यालयले एकैपटक ६० वटा शैक्षिक संस्थालाई सम्बन्धन दियो भनेर

पूरा पढ्नुहोस्

Bureau Menus