जसपा नेपालका अध्यक्ष यादव ओलीसँग पुनः नजिक 

२०८१ माघ ९ बुधबार
बिहान १०:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग नराम्ररी बिच्किएका छन् । उनी विपक्षी दलहरुको मोर्चामा प्रचण्डकै कारण सहभागी नहुने जनाएका छन् ।

प्रचण्ड नेतृत्वकै सरकारमा आफू पनि मन्त्री भएको बेलामा शक्तिको दुरुपयोग गरी आफ्नो दल विभाजन गराएको भन्दै यादव प्रचण्डसंग अब सहकार्य नगर्ने निष्कर्षमा पुगेका छन् । उनले आफूनिकट नेताहरुसंग पनि प्रचण्डले आफूलाई पछाडिबाट छुरा हानेकोले अब कुनैपनि हालतमा सहकार्य नगर्ने अडान भन्ने गरेका छन् ।

पछिल्लो समय यादवलाई फकाउनका लागि माधवकुमार नेपालले पनि पहल गरेका थिए । मोर्चाको संयोजकको जिम्मेवारीमा रहेका नेत्रविक्रम चन्दले पनि उनलाई मनाउन निकै प्रयास गरे । माधव नेपाल र विप्लव दुवैले तत्काल यादव समाजवादी मोर्चामा नफर्किने भन्दै प्रचण्डलाई जानकारी गराइसकेका छन् । सरकारविरुद्ध प्रचण्डले खडा गरेको विपक्षी मोर्चामा ८० जना सांसद छन् ।

तर यादवले भने आफू समाजवादी मोर्चा र संसद्को विपक्षी गठबन्धनमा पनि नजोडिने भन्दै प्रचण्डलाई जानकारी गराएका छन् । उनी मधेश प्रदेशको सरकारको नेतृत्वका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओलीसंगको निरन्तर संवादमा रहेको बालुवाटार स्रोतले जनाएको छ । यादवले यसबीचमा भारत भ्रमण पनि गरेका थिए ।

भारत बसाईको क्रममा उनले अखिलेश यादवसंग भेटेका थिए । यादवले एकातिर संविधान पुनर्लेखन र थ्रेसहोल्डको विपक्षमा पनि बोल्ने गरेका छन् भने प्रधानमन्त्री ओलीसंग पनि नजिक भएका छन् । आजको जनकपुरटुडेमा समाचार छ । 

  • 0%
  • 98%
  • 0%
  • 0%
  • 0%
  • 0%

नाम र धर्म परिवर्तन गरी बस्दै आएका हत्या मुद्दाका फरार अभियुक्त ४० बर्षपछि पक्राउ

  • २०८१ माघ ९ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एक अभियुक्तलाई सजाए सुनाएको २३ बर्षपछि पक्राउ गर्न सफल भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डिएसपी) बीरेन्द्र कुमार

पूरा पढ्नुहोस्

Bureau Menus