![](https://enewsbureau.com/uploads/news/images/1480794921330227143419371449_1839315949819420_1794723102459693023_n..jpeg)
न्यूज ब्यूरो, जनकपुरधाम । स्वर्गीय पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले अनुसन्धान सुरु गरेको छ ।
गत बैशाख ११ गते बिहान ढल्केवर–जनकपुरधाम सडकखण्डमा विहान करिब पौने ४ बजेको समयमा उनको शंकास्पद मृत्यू भएको थियो । धनुषा प्रहरीले अहिलेसम्म सरकारी वकिललाई मिसिल नबुझाएपछि सिआईबीले नयाँ शीराबाट अनुसन्धान सुरु गरेको छ ।
धनुषा प्रहरीको अनुसन्धानप्रति परिवारजनले असन्तुष्टि जनाउँदै आएको छ । सिआईबीको आफ्नै टोली आएर अनुसन्धान सुरु गरेको हो । परिवारजनले समेत यसअघि सिआईबी अनुसन्धानको माग गर्दै आएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानमा ढिलासुस्ती गरेपछि सिआईबीले एक्सन लिएको हो । सिआईबीले विभिन्न स्थानमा अनुसन्धान गरेको हो । धनुषा प्रहरीले सरकारी वकिललाई दिनुपर्ने पोष्टमार्टम रिपोर्ट, भिसेरा रिपोर्टहरु दिएका छैनन् ।
धनुषा प्रहरीले किटानी जाहेरी परेको धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने सुशिल यादव, उनका छोराहरु बीरेन्द्र यादव र धीरेन्द्र यादवलाई हाजिरी गराएर रिहा गरेपछि सिआईबीको टोली अनुसन्धान सुरु गरेको हो ।
यो पनि पढ्नुहोस्
![Enewsbuerau](https://enewsbureau.com/uploads/news/images/1330227143419371449_1839315949819420_1794723102459693023_n.jpeg)
पत्रकार यादवको प्रकरणमा जाहेरी परेको चारै जनालाई धनुषा प्रहरीले छाडेको हो । घटनाको अनुसन्धान रिपोर्ट नै प्रहरीले नबुझाएपछि उनीहरुलाई छाडिएको हो ।
यता, धनुषा प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै मृतक यादवका भाई शंकर प्रसाद यादवले प्रहरीको विरुद्धमा धर्ना दिने चेतावनी दिएको हो ।
बर्दिवासमा रामजानकी फन पार्क बनाउँदै मधेश सरकार
- २०८१ पौष २४ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको गौरवको आयोजनाको रुपमा मानिएको बर्दिवासस्थित रामजानकी फनपार्क निर्माण हुने भएको छ । बर्दिवास नगरपालिकाले वडा नम्बर १४ स्थित रातु नदीको तटवर्ती क्षेत्रमा रामजानकी फनपार्क निर्माणका
पूरा पढ्नुहोस्