उपनिर्वाचनबाट भर्खरै निर्वाचित भएका वडाध्यक्ष साह बलात्कार आरोपमा जेल चलान

२०८१ पौष २३ मंगलबार
बिहान ०९:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्र साह पुर्पक्षका लागि जेल चलान भएका छन् । युवतीको बलात्कारपछि हत्या र नाबालकलाई बेपत्ता पारेको आरोपमा उनलाई जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

वडाध्यक्ष साहसहित २ जनालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । अदालतको आदेशपछि वडाध्यक्ष साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साहको समूहले सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको र उनका भाइ १३ वर्षीय नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ । वडाध्यक्ष साह गत मंसिर २० गते वडाध्यक्षको शपथ लिँदै गर्दा पक्राउ परेका थिए ।

  • 0%
  • 1%
  • 89%
  • 0%
  • 1%
  • 4%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०८१ पौष २३ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus