फेरी बन्न थाल्यो बहुप्रतिक्षित कमला पुल
मधेसको ‘लाइफ लाइन’ मानिने कमला पुल निर्माण १३ वर्षदेखि अधुरो छ । हुलाकी राजमार्ग निर्देशनालय प्रमुख महतोको अनुसार निर्माण कम्पनीले अन्तिम पटक थपिएको म्यादअनुसार आगामी असारसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । ‘निर्धारित समयमा पुल निर्माण हुन प्राविधिक समस्या हल भएका छन् । कानुनी समस्या बाँकी रहेकाले समयमा पुल निर्माण हुनेमा अझै शङ्का छ,’ प्रमुख महतोले भने ।

२०८१ पुस २२ सोमबार, बिहान ९:५० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु भएको छ ।
गत असार पहिलो सातादेखि रोकिएको पुल निर्माण गत हप्तादेखि सुरु गरिएको हो । असोजबाटै सुरु हुनुपर्ने काम निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ र बीमा कम्पनीबीचको विवादले ढिलाइ भएकोको कारण पुनःनिर्माण सुरु हुन सकेको थिएनन ।
‘एक वर्षअघिदेखि पुल निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनमा विचाराधीन छ । यसबीचमा निर्माण कम्पनीले काम रोकेको थियो,’ योजना प्रमुख महतोले भने, ‘अदालतको निर्णय आउँदासम्म कुर्नुभन्दा पुल निर्माण सुरु गर्न दबाब परेपछि गत हप्तादेखि सुरु गरेको हो ।’– योजना प्रमुख कृष्ण कुमार महतोले जनाए ।
विसं २०६८ जेठ ३१ मा तीन वर्ष वर्षभित्र पुल निर्माण सम्मन्न गर्ने गरी निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लाई दिइएको थियो । तर निर्माण नगरेपछि पप्पुलाई कालोसूचीमा राखी बाँकी काम ‘लुम्बिनी बिल्डर्स’लाई दिइएको थियो ।
यसबीचमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय र निर्माण कम्पनीबीच विसं २०८१ असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पुल निर्माण अन्तिम चरणमा भएका बेला बाढीले क्षति पुरयाएपछि कम्पनीले क्षतिवापत बीमाबाट पाउनुपर्ने १२ करोड रुपैयाँ रकम नपाएपछि अदालत गएको निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाले बताए । ‘बीमा कम्पनीले बेइमानी नगरेको भए सम्भवत पुल निर्माण भइसक्थ्यो,’ उनले भने ।
मधेसको ‘लाइफ लाइन’ मानिने कमला पुल निर्माण १३ वर्षदेखि अधुरो छ । हुलाकी राजमार्ग निर्देशनालय प्रमुख महतोको अनुसार निर्माण कम्पनीले अन्तिम पटक थपिएको म्यादअनुसार आगामी असारसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । ‘निर्धारित समयमा पुल निर्माण हुन प्राविधिक समस्या हल भएका छन् । कानुनी समस्या बाँकी रहेकाले समयमा पुल निर्माण हुनेमा अझै शङ्का छ,’ प्रमुख महतोले भने ।
वर्षौदेखि हुलाकी राजमार्ग प्रयोग गर्ने यात्रु तथा यहाँका स्थानीय वर्षातमा एक सय रुपैयाँ तिरेर डुङ्गाको सहारामा जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…