सर्लाहीमा तीव्र गतिले आएको बसले ठक्कर दिएपछि सशस्त्र प्रहरी ईन्सपेक्टरको मृत्यू
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार श्रेष्ठका अनुसार बसको ठक्करबाट घाइते भएका तुलाधरलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएकोमा राति १० बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

२०८१ पुस १७ बुधबार, बिहान १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
मंगलबार राति करिब सवा ९ बजेको समयमा सर्लाहीको बलरा नगरपालिका(९ बिओपी छतौनाको कार्यालय अगाडी बा प्र ०१९०६ ख २००४ नम्बरको बसको ठक्करबाट बिओपी छतौनामा कार्यरत ४२ वर्षीय प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार श्रेष्ठका अनुसार बसको ठक्करबाट घाइते भएका तुलाधरलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएकोमा राति १० बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
सशस्त्र प्रहरी निरीक्षक तुलाधरलाई ठक्कर दिने बस, बसको चालक, सहचालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले बस घटना स्थलमै रहेको र सर्लाहीका एसपी, प्रमुख जिल्ला अधिकारीको कमाण्डमा सोको सहितको टोली घटना स्थलमा रहेको जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…