जनकपुरको राराब कलेजमा विद्यार्थी नेताहरुले लगाए आगो, विद्यार्थीहरुले पाएनन प्रवेशपत्र
जानकारी अनुसार, केही नेताहरुले विद्यार्थीहरुबाट त्यसको लागि रकम उठाइसककेका छन् । उनीहरु सुरुदेखि नै यस्तै क्रियाकलापमा संलग्न देखिएका छन् । तर, राराबबाट सेन्टर सारेपछि उनीहरु कृतिम विवाद सृजना गरेको थियो ।

२०८१ पुस १६ मंगलबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर विवादमै रहँदै आएको जनकपुरको रा.रा.ब. कलेजका केही विद्यार्थी नेताहरुले आगो बालेका छन् ।
केही परीक्षार्थीहरुको परीक्षा केन्द्र राराबभन्दा अन्य ठाउँमा सारेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनकै निर्वाचिन पराजित नेताहरुले आगो लगाएका छन् । उनीहरुले सरकारी सम्पति जलाउने प्रयास गरेका हुन् ।
केही विद्यार्थीलाई राराबमै र केहीलाई अन्य क्याम्पसमा सेन्टर राखेपछि विद्यार्थीहरुका रकम उठाएका विद्यार्थी नेताहरु आन्दोलनमा होमिएका छन् ।

राराबका क्याम्पस प्रमुखको कार्यालय अगाडी आगो लगाएका केही विद्यार्थी र विद्यार्थी नेताहरुले भित्र पसेर कार्यालय जलाउन खोजेको थियो । समयमै सुरक्षाकर्मी आएपछि अवस्था नियन्त्रणमा लिएको थियो ।
जानकारी अनुसार, केही नेताहरुले विद्यार्थीहरुबाट त्यसको लागि रकम उठाइसककेका छन् । उनीहरु सुरुदेखि नै यस्तै क्रियाकलापमा संलग्न देखिएका छन् । तर, राराबबाट सेन्टर सारेपछि उनीहरु कृतिम विवाद सृजना गरेको थियो ।
विवाद र आन्दोलनको कारण परीक्षार्थीहरुले अहिलेसम्म प्रवेश पत्र पाउन सकेका छैनन् । उनीहरु अझै भोलीको हुने परीक्षाको लागि अन्यौल महसुस गरेका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…