जलेश्वरमा हेडमास्टर झाले छात्रामाथि यौन दुरव्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले कक्षा ७मा पढ्ने एक छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उतरेका हुन् ।

२०८१ पुस १४ आइतबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको एक विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले आन्दोलित भएका छन् ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले कक्षा ७मा पढ्ने एक छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उतरेका हुन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रअ झामाथि कानूनी कारबाहीको माग राख्दै प्रदर्शन गरेका हुन् ।
प्रधानाध्यापक झाले छात्रामाथि पटकपटक यौन दुव्र्यवहार गरेको आरोप लागेपछि विद्यार्थी र अभिभावकहरुले झालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा दबाब समेत दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…