जनकपुर बन्यो NPL को पहिलो च्याम्पियन
सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो । मिलान्थाको ब्याटीँग चलेपछि ४ विकेट गुमाउँदै जनकपुरले ४ बल बाँकी रहँदै च्याम्पियन बनेको हो ।

२०८१ पुस ६ शनिबार, दिउँसो ३:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रिमियर लिगको पहिलो च्याम्पियन जनकपुर बोल्टस बन्न सफल भएको छ ।
सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । लाहिरु मिलान्थाको ८७ रनको मदतमा सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।
मिलान्थाको ब्याटीँग चलेपछि ४ विकेट गुमाउँदै जनकपुरले ४ बल बाँकी रहँदै च्याम्पियन बनेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…