विवाहपँचमीको दोस्रो दिन फूलबारी लीला सम्पन्न, भोली धनुष यज्ञ
आइतबार मङ्सिर १६ गते नगर दर्शनबाट शुरु भएको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पर्सी मङ्सिर १८ गते धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंम्बर र शुभविवाह तथा २२ गते रामकलेवा पछि पर्वको समापन गरिने छ ।

२०८१ मंसिर १७ सोमबार, बेलुकी ७:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज फूलबारी लिला सम्पन्न भएको छ ।
त्रेतायूगमा मिथिलाका राजा जनकको प्रतिज्ञा अनुसार जनकपुरधाममा आयोजना गरिएको धनुष यज्ञमा सहभागी हुन अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीराम, लक्ष्मण सहित गुरु विश्वामित्र जनकपुरधाम आएको बेला माता सीतासँग फूल टिपिरहेको बेलामा फूलबारीमा जम्काभेट भएको स्मरणमा प्रत्येक वर्ष फूलबारी लीलाको आयोजना गरिँदै आएको छ ।
जनकपुरधामको ऐतिहासिक महत्वको विवाह मण्डपमा सोमबार साँझ फूलबारी लीलाको आयोजना गरिएको थियो ।
आइतबार मङ्सिर १६ गते नगर दर्शनबाट शुरु भएको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पर्सी मङ्सिर १८ गते धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंम्बर र शुभविवाह तथा २२ गते रामकलेवा पछि पर्वको समापन गरिने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…