सरकारी एम्बुलेन्समा ब्राउन सुगर तस्करी, दुई जना पक्राउ
एम्बुलेन्ससहित पक्राउ परेका दुवै जनामाथि बर्दिबास प्रहरीले अनुसन्धान गरी रहेको छ । बरामद एम्बुलेन्स सिन्धुलीस्थित मरिन गाउँपालिकाले उक्त स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो ।

२०८१ मंसिर १३ बिहीबार, राति ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र ०१–००२ झ ६६९० नंको एम्वुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद भएपछि चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
बिपी राजमार्गबाट लागु औषध ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी बर्दिबासबाट खटी गएको सुरक्षा टोलीले हिजो (बुधवार) राती बर्दिबास ३ स्थित बिपी राजमार्गमा एम्बुलेन्सको लाई चेकजाँजको क्रममा एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाई राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको डिएसपी रेवती रमण पोखरेलले बताउनु भयो ।
ब्राउन सुगर कारोबारमा अन्यको पनि संलग्नता हुन सक्ने प्रहरीको आशङ्का छ । थप अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले चालकसहित पक्राउ परेका दुवै जनाको नाम तत्काल सार्वजनिक गरेको छैन ।
एम्बुलेन्ससहित पक्राउ परेका दुवै जनामाथि बर्दिबास प्रहरीले अनुसन्धान गरी रहेको छ । बरामद एम्बुलेन्स सिन्धुलीस्थित मरिन गाउँपालिकाले उक्त स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…