
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा नहरमा मृत अवस्थामा एक युवतिको शव फेला परेको छ ।
धनुषाको कमला नगरपालिका वडा नम्बर २ सराबे र जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ खजुरीको बीचमा पर्ने नहरमा एक किशोरीको शव फेला परेको छ ।
नहरमा बोरामा बाँधेर फालिएको अवस्थामा अन्दाजी १८ वर्षीया किशोरीको शव फेला परेको हो । प्रहरीले किशोरीको घाँटीमा धारिलो हतियार प्रहार भएको र दुबै खुट्टा बाँधिएको अवस्थामा किशोरीको शव फेला परेको जनाएको छ ।
धान काट्न गएका किसानले नहरमा शंकास्पद अवस्थामा बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय खजुरीको टोली घटनास्थल पुगेर शव बाहिर निकालेको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान गरिरहेको छ । किशोरीको पहिचान भने हुन सकेको छैन ।
वीरगँज अपडेटः हनुमान जयन्तीमा उपद्रव गर्ने पाँच जनामाथि मुद्दा दर्ता
- २०८१ मङ्सिर ८ शनिबार
न्यूज ब्यूरो, वीरगँज । पर्साको वीरगञ्जमा शनिबार आयोजित हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा हिंसात्मक गतिविधिमा संलग्न पाँचजनाविरुद्ध राज्यविरुद्धको कसूर र आपराधिक उपद्रव मुद्दा दर्ता भएको जनाइएको छ । शोभायात्राको क्रममा हिंसात्मक गतिविधिमा
पूरा पढ्नुहोस्