न्यूज ब्यूरो, जनकपुरधाम । छात्रवृति नदिने पक्षमा जनकपुरका स्कूल कलेजहरु विगत एक सातादेखि बन्द राखेपछि जनकपुरधाम उपमहानगरका मेयर मनोज साहले विद्यालयहरुलाई चेतावनी दिएको छ ।
एक सातादेखि विद्यालय बन्द गरेर विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्न खोजेको भन्दै आईतबारदेखि विद्यालय बन्द राखे शिक्षा ऐनको कानुन बमोजिम कारवाहीको चेतावनी दिएका छन् ।
जनकपुरधाम उपमहानगपालिकाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नीजि विद्यालयका सँचालकहरुसँग भएको छलफलमा समेत छात्रवृति नदिने, विद्यार्थीको रकम फिर्ता नदिने अडान राखेपछि निष्कर्षविहिन भएको उल्लेख छ ।
जनकपुरका स्कूल कलेज सँचालकहरुले छात्रवृति पाउने विद्यार्थीहरुसँग समेत शुल्क लिने, लिसकेको शुल्क फिर्ता गर्न नचाहेको अडानमै भएपछि मेयर साहले बोल्ड निर्णय गरेका छन् । पटक पटक नीजि विद्यालयका संगठनहरुले छलफलको लागि बैठक राखेको र आफ्नो अडान नछाडेपछि मेयरले कारवाहीको चेतावनी दिएको हो ।
स्थानीय तह सँचालन ऐनलाई टेकेर मेयर साहले प्रथम पटक साहसिक निर्णय गरेका छन् । उनले नगर प्रमुखको जिम्मेवारी र अधिकारलाई प्रयोग गर्दै हजारौँ विद्यार्थीहरुको पक्षमा निर्णय गरेका छन् ।
यता, आन्दोलनरत रहेका नीजि विद्यालयका सँचालकहरुको संगठनले भने छलफल निष्कर्षविहिन भएको भन्दै आईतबार समेत विद्यालय नखुल्ने घोषणा गरेको छ ।
एकतर्फ जनकपुरधामका मेयर मनोज साह रहेका छन् भने अर्का तर्फ नीजि विद्यालयका छातासंगठन, विद्यालय सँचालकहरु रहेका छन् । विद्यार्थीहरु भने मेयर साहको पक्षमा आन्दोलनरत छन् ।
समाजमा पार्टी पार्टी चुनावमा मात्र हुनुपर्छ, विकासमा एक हुनुपर्छः नेता ढुँगाना
- २०८१ मङ्सिर ८ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुँगानाले समाजमा विकासको लागि सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन् । विकासको नाममा विभिन्न दलले एकजुट भएर सहकार्य गरी विकास निर्माणका
पूरा पढ्नुहोस्