विवाहपँचमीको लागि दोस्रो पटक रामलाई तिलक चढाइदै
यसअघि तिलकोत्सव कार्यक्रम राममन्दिर प्राँगनमै हुँदै आएकोमा यसपाली राजनीतिक प्रतिशोध र आफूखुसी नेताहरुले अयोध्या घुम्ने गरी तिलकको बहानाले अयोध्या पुगेका थिए । उनीहरु तिलक चढाएर आएका हुन् ।

२०८१ मंसिर ८ शनिबार, बिहान ९:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक बर्ष जनकपुरधाममा मनाइने विवाहपँचमी सप्ताहव्यापी महोत्सवको लागि आउँदो बुधबार तिलकोत्सव हुने भएको छ ।
केही दिन अगाडी तिलकको बहाना लिएर गएका प्रदेश सरकारका मुख्यमन्त्रीसहित भारी सँख्यामा व्यापारी, पत्रकार, राजनीतिकर्मीहरुले तिलक चढाएर आएका हुन् । जनकपुरको महावीर युवा कमिटिले प्रत्येक वर्ष आयोजना गर्दै आएको तिलकोत्सव यसपाली पनि मनाउने भएको छ ।
हिन्दु परम्परामा बेहुलालाई दुई पटक तिलक नचढने प्रावधान रहेको छ । भारतको अयोध्या पुगेर तिलक पढाएपनि जनकपुरको राम मन्दिर प्राँगनमा पुनः तिलकोत्सव कार्यक्रम आयोजन गरिएको छ ।
महावीर युवा कमिटिले आउँदो मँसिर १९ गते बुधबार राम मन्दिर प्राँगनमा तिलकोत्सवको आयोजना गरेको हो । राम मन्दिरका महन्थ राम गिरीको सँयुक्त आयोजनामा तिलकोत्सव महोत्सव हुने भएको छ ।
एक पटक तिलक चढाईसकेका रामलाई पुनः तिलक पढाइने भएको छ । यद्यपी, यसलाई परम्परा भन्दा पनि व्यापारको रुपमा हेरिएको छ ।
यसअघि तिलकोत्सव कार्यक्रम राममन्दिर प्राँगनमै हुँदै आएकोमा यसपाली राजनीतिक प्रतिशोध र आफूखुसी नेताहरुले अयोध्या घुम्ने गरी तिलकको बहानाले अयोध्या पुगेका थिए । उनीहरु तिलक चढाएर आएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…