देवता मेलाको लागि कमला नगरपालिकमा आज र भोली दुई दिन सार्वजनिक विदा
कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले भीड र श्रद्धालुहरुको व्यवस्थापनलाई मध्यनजर गर्दै दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज र भोली कमला नगरपालिकाभित्रको सरकारी अड्डाहरु बन्द रहने भएको छ ।

२०८१ कार्तिक २९ बिहीबार, बिहान ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा आज (विहिबार) र भोली शुक्रबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
कमला नदीको इतिहास र परापूर्वकालदेखि चलिआएको कमला स्नात तथा देवता मेलालाई मध्यनजर गर्दै कमला नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो क्रममा आज सार्वजनिक विदा छ भने भोली पनि विदा रहने भएको छ ।
ऐतिहासिक कमला नदीको नाममा नगरपालिकाको नामाकरण समेत गरिएकोले विभिन्न जिल्लाबाट आउने भक्तजन, श्रद्धालु, धामी झाँक्रीहरुको लाखौँको सँख्यामा सहभागीता जनाउने गरिन्छ । लाखौँको सँख्यामा कमला स्नानको लागि कमला नदीमा आउने गरेको छ । आजैदेखि धामी झाँक्री, श्रद्धालुहरु कमला स्नानको लागि ट्रयाक्टर, जीप, गाडी, मोटरसाईकल, टेम्पोमा भरी भराउ जान थालेका हुन् ।
कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले भीड र श्रद्धालुहरुको व्यवस्थापनलाई मध्यनजर गर्दै दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज र भोली कमला नगरपालिकाभित्रको सरकारी अड्डाहरु बन्द रहने भएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…