धनुषाको ललिया गाउँ सरकारी कर्मचारीको उर्बर भूमि छः वडाध्यक्ष मण्डल
सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा श्री मा.बि. ललियाका प्रधानाध्यापक अजय कुमार साह , लेखापाल राजकिशोर साह , शिक्षक राम गुलाम यादब , चन्द्रहंस मण्डलको विशेष उपस्थिति रहेको थियो ।

२०८१ कार्तिक १९ सोमबार, राति ८:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुरेन्द्र मण्डलले सो वडा सरकारी कर्मचारीको उर्बर भूमि रहेको दाबी गरेका छन् ।
स्थानीय सरकार गठन भएपछि प्रथम पटक वडा नम्बर ५ भित्र रहेका सरकारी अवकाश प्राप्त कर्मचारी, कार्यरत कर्मचारीहरुलाई सम्मान गर्दै वडाध्यक्ष मण्डलले वडा नं. ५ मा सयौँ सरकारी कर्मचारी रहेकोप्रति गौरव प्रकट गरे ।
प्रथम पटक अवकाश प्राप्त कर्मचारीहरुसहित सो वडाभरिबाट राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान कार्यक्रम गर्दै वडाध्यक्ष मण्डलले कर्मचारी सम्मान, जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरतामा राख्ने प्रतिवद्धता जाहेर गरे ।
माध्यमिक विद्यालयमा आयोजन गरिएको गैर–राजनीतिक एवम् विशुद्ध सरकारी कर्मचारी, जेष्ठ कर्मचारी, अवकाश प्राप्त कर्मचारी सम्मान कार्यक्रममा ९३ जना कर्मचारी सहभागी भए । सहभागीहरुले वडाध्यक्ष मण्डलको सम्मान कार्यक्रमको थालनीलाई सबैले खुलेर प्रशँसा गरे ।

वडा नं. ५ को ललिया गाउँबाट मात्र १०० बढी जना सरकारी सेवामा रहेको तथ्याँक प्रस्तुत गरिएको थियो । वडाध्यक्ष मण्डलकै अध्यक्षता तथा सोही गाउँका सबभन्दा जेष्ठ अवकाश प्राप्त कर्मचारी शंकर मण्डलको प्रमुख आतिथ्यमा डाकिएको करिब १०० जना कर्मचारीहरुले वडाध्यक्षको कार्यथालनीप्रति गौरव व्यक्त गर्दै प्रशँसा गरे ।
प्रमुख अतिथिको आसनबाट बोल्दै सेवा अवकाश प्राप्त कर्मचारी शंकर मण्डलले पँचायकाल, बहुदलपछि आएको लोकतन्त्र गणतन्त्रमा प्रथम पटक आफूले यस्तो सम्मान पाएकोप्रति कृतज्ञा प्रकट गरे । उनले स्थानीय सरकार गठन भएपछि जेष्ठ नागरिक र कर्मचारीहरुको लागि पनि यो सरकारले सोचेको भन्दै वडाध्यक्ष मण्डलको प्रशँसा गरे ।
बिशिस्ट अतिथिको रुपमा सहभागीता जनाएका अवकाश प्राप्त कर्मचारी (कृषि अधिकृत), भागिरथ यादव , तिलेश्वर मण्डल लगायतले वडाभित्रका कर्मचारीहरुको सम्मान कार्यक्रम आयोजन गर्नु नै वडाध्यक्षको बढपन रहेको बताए ।

छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत राखिएको सो कार्यक्रममा अवकाश प्राप्त शिक्षक चन्देश्वर ठाकुर, धनेश्वर ठाकुरले मावि ललियामा बालबालिकाहरुको उपस्थितिप्रति दुःख प्रकट गर्दैै अभिभावकलाई चेतनाको कमि भएको सुझाए । उनीहरुले विद्यालयले आफ्नो तर्फबाट पूर्ण प्रयास गरेपनि अभिभावकले नै बालबालिका विद्यालय नपठाएकोप्रति चिन्ता व्यक्त गरे ।
सम्मान कार्यक्रममा अतिथिको रुपमा सहभागीता जनाएका सोही गाउँका अधिवक्ता उपेन्द्र साहले विद्यालयमा विद्यार्थीहरुको पहुँच बढाउनमा जोड दिए । नेपाल कृषि अनुसन्धान परिषद्का अवकाश प्राप्त ना. सु. कृष्ण देव यादब, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी अजय साह, शिक्षक संजय साह, जोगबिर मंडल , राम देव मंडल, महादेव मण्डल, केदारनाथ मंडल, स्वास्थकर्मी शंकर मण्डल लगायतले गाउँका अवकाश प्राप्त कर्मचारी, वर्तमान कार्यरत कर्मचारीहरुले मिलेर गाउँलाई नमुना गाउँ बनाउनको लागि हातोमालो गर्न जोड दिए ।
सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा श्री मा.बि. ललियाका प्रधानाध्यापक अजय कुमार यादव , लेखापाल राजकिशोर साह , शिक्षक राम गुलाम यादब , चन्द्रहंस मण्डलको विशेष उपस्थिति रहेको थियो ।
शिक्षक दिप नारायण ठाकुरले कार्यक्रममा स्वागत मनतव्य राखेका थिए भने शिक्षक बिरेन्द्र कुमार मण्डल , श्रीनारायण मण्डलले कार्यक्रम सँचालन गरेका थिए ।
विद्यालयको आयोजन, वडाध्यक्ष मण्डलको पहलकदमी र न्यूज ब्यूरोका पत्रकार विजय ठाकुरको विशेष समन्वयले प्रथम पटक सो कार्यक्रम आयोजन गरिएको थियो । आगामी बर्षदेखिसमेत निरन्तर रुपमा कार्यक्रम निरन्तरता पाउने वडाध्यक्ष मण्डलले भावुकता प्रकट गरे ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…