अवैद्य सम्बन्ध लुकाउन महिलाको हत्या, हत्याको चारदिनपछि खुल्यो महिलाको पहिचान
यही अवैध सम्बन्ध लुकाउनका लागि उनको हत्या गरिएको प्रहरीको भनाइ छ । जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको बगैँचा नजिकै रहेको डिलमा मालती मण्डलसंग अवैध सम्बन्धपछि घाटीमा सल बेरेर हत्या गरिएको प्रहरी अनुमान छ ।

२०८१ कार्तिक १५ बिहीबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा सोमबार दिउँसो मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । हत्या भएको चारदिन पछाडि मृतक महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतक धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ७ नेमुवा टोलकी अन्दाजी २६ वर्षीया मालती मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ का राकेश नायकको अवैध सम्बन्ध मालती मण्डलसंग रहेको देखिएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए । महोत्तरी प्रहरीका अनुसार त्यहीकारण प्रहरीले नायक दम्पतिलाई पक्राउ समेत गरेको छ । घटनामा राकेश नायकसंगै श्रीमती रीना नायकको संलग्नता देखिएपछि दुबैजनालाइ नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो । विवाह भएको लामो समयसम्म रीना नायकलाई सन्तान नभएपछि राकेशको मालतीसंग विवाहेत्तर सम्बन्ध रहेको पाइएको प्रहरी भनाइ छ ।
यही अवैध सम्बन्ध लुकाउनका लागि उनको हत्या गरिएको प्रहरीको भनाइ छ । जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको बगैँचा नजिकै रहेको डिलमा मालती मण्डलसंग अवैध सम्बन्धपछि घाटीमा सल बेरेर हत्या गरिएको प्रहरी अनुमान छ ।
मालतीको हत्या सोमबार राति भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…