कर तिर्न गएका सेवाग्राहीलाई जनकपुरका नगर प्रहरीले कुटे

२०८१ कार्तिक ७ बुधबार
बेलुकी ७:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीमाथि नगरप्रहरीले कुटपिट गरेको घटना बाहिरिएको छ ।

बुधबार नगरपालिकाको कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीलाई नगर प्रहरीले पुरानो निहुँमा कुटपिट गरेको आरोप लगाईएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापाचोक बस्ने स्थानीय व्यवसायी कौशल किशोर साहलाई नगर प्रहरीले कोठामा थुनेर कुटपिट गरेको आरोप लगाएका छन् । 

जनकपुरधाम उपमहानगरका नगर प्रहरी नीतिश रायले उनलाई कोठामा लगेर कुटपिट गरेको बताइएको छ । मँगलबार नगर सरसफाईको क्रममा थापाचोकस्थित पसल सँचालक रहेका साहसँग नोकझोँक भएको थियो । सोही निहुँ र रिसबीको कारण उनलाई कोठामा थुनेर कुटपिट गरेका साहलाई उदृत गर्दै वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साहले जनाए । 

न्यूज ब्यूरोसँगको कुराकानीमा वडाध्यक्ष साहले करदाता आफ्नै वडाको रहेको र उनको अनुहारमा कुटपिटको निशान देखिएको बताउँदै छानबिन सुरु गरिएको बताए । उनले छानबिनको क्रममा दोषी जो देखिएपनि कारवाही हुने बताए । उनले दोषी करदाता भएपनि कारवाही हुने बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाम नगरपालिकामा पुनः दास भए प्रमुख प्रशासकीय अधिकृत, लेखामा यादवको बढुवा 

  • २०८१ कार्तिक ७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दास पुनः फर्केका छन् ।  संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले केही निमित्त अधिकृतहरुलाई जिम्मेवारीबाट मुक्त गरेको थियो ।

पूरा पढ्नुहोस्

Bureau Menus